भक्तपुर, अषाढ ४ - युवा संघ अध्यक्ष महेश बस्नेतले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि कुटपिटको आरोप लागेका परशुराम बस्नेत दोषी ठहरिए आफ्नो पदबाट राजीनामा दिने बताएका छन् ।
'पत्रकार महासंघ मोरङ शाखा अध्यक्षले परशुराम बस्नेतविरुद्ध ज्यान मार्ने उद्योग र अपहरणसम्बन्धी किटानी जाहेरी दिएका छन्,' रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'दुवै आरोप प्रमाणित भए पदबाट राजीनामा दिन्छु ।' पत्रकार महासंघले राजनीतिक पूर्वाग्रही भएर प्रतिवेदन तयार गरेकाले न्यायिक समिति र अदालतले परशुराममाथि लागेको आरोप पुष्टि हुनुपर्ने उनको जिकिर छ । 'मोरङका अध्यक्षले प्रहरीलाई आफैं उजुरी दिने, महासंघको छानबिन समितिमा पनि उनै बस्दा प्रतिवेदन कतिको सत्य भयो होला ? सबैले बुझ्ने कुरा हो,' उनले भने ।
खिलानाथ कुटपिटको घटना छानबिन गर्न न्यायिक समिति गठन गरिदिन सरकारसँग उनले आग्रह गरे । परशुराम बुझाउन पार्टीले दिएको निर्देशन सकारात्मक भएको भए पनि उनी दोषी नठहरिएसम्म नबुझाउने बस्नेतले अडान दोहोर्याए । 'उनी (परशुराम) मेरो र संगठनको सम्पर्कमा छन्,' उनले भने ।
यस्तै युवा संघले खिलानाथमाथि भएको आक्रमण र यसपछि सिर्जित अवस्थाबारे नेपाल पत्रकार महासंघसँग वार्ता गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले उसले यो घटना छानबिन गर्न न्यायिक समिति गठनको माग पनि गरेको छ । निर्णय कार्यान्वयनको जिम्मा बैठकले हरि राईलाई दिएको छ । राई युवा संघका उपाध्यक्ष हुन् ।
प्रकाशित मिति: २०६८ अषाढ ४ ०१:२३kantipur
५ हजार रुपैयाँमा काठमाडौंबाट नयाँदिल्ली उडान
सुशील भट्टराई, काठमाडौं, असार ३- सस्तोमा उडान गर्ने भारतको बजेट एयरलाइन्स इन्डिगोले ५ हजार रुपैयाँमा काठमाडौंबाट नयाँदिल्ली उडान गर्ने भएको छ। यो मूल्य करसहित हो।
'आगामी साउन ३० बाट इन्डिगोले काठमाडौंबाट दिल्ली एकतर्फी प्रतियात्रु करसहित ५ हजार रुपैयाँमा उडान गर्नेछ,' इन्डिगोको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) प्रेसिडेन्ट ट्राभल्सका संस्थापक तथा प्रबन्ध निर्देशक भोलाविक्रम थापाले बिहीबार नागरिकसँग भने, 'सस्तोमा उड्न चाहनेलाई यसले राहत दिने विश्वास छ।'
हाल भारतमा आन्तरिक उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी इन्डिगोले आगामी साउन १९ मा पाँच वर्षे आन्तरिक सेवा पूरा गर्नेछ।
त्यसपछि कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ।
भारतीय उड्डयन ऐनअनुसार पाँच वर्ष आन्तरिक उडान पूरा गरेका कम्पनीले मात्र अन्तर्राष्ट्रिय उडान गर्न पाउँछन्। सन् २००५ मा स्थापित इन्डिगोले २००६ अगस्ट ४ बाट आन्तरिक उडान सञ्चालन गरेको थियो।
इन्डिगोले नेपाल उडान गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति मागेको छ। प्रेसिडेन्टका प्रबन्ध निर्देशक थापाले काठमाडौं-दिल्ली दैनिक २ र काठमाडौं-कोलकाता सेक्टर दैनिक एक उडान गर्ने गरी मन्त्रालयसँग अनुमति मागिएको जानकारी दिए।
'सुरुमा दिल्लीका लागि दैनिक एक उडान गर्छौं,' उनले भने, '२०११ अन्तिमदेखि भने दिल्ली दैनिक दुई र कोलकाता दैनिक एक उडान गर्ने योजना छ।' काठमाडौंका लागि एयरबस ए३२० जहाज सञ्चालनमा ल्याइने उनले जानकारी दिए।
इन्डिगोले आगामी भदौ १५ देखि दिल्लीबाट दुबई उडान गरी अन्तर्राष्ट्रिय सेवा सुरु गर्ने घोषणा गरेको छ। तर, प्रेसिडेन्टले त्यसको एक महिनाअघि नै काठमाडौं उडान गरी अन्तर्राष्ट्रिय सेवा सुरु गर्न आग्रह गरेको छ। 'नेपालबाटै पहिलोपल्ट अन्तर्राष्ट्रिय उडान सुरु गर्न कम्पनीका उच्च अधिकारीहरूसँग आग्रह गरेका छौं,' थापाले भने।
सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स भएका कारण यात्रुले जहाजभित्र खानेकुरा र पानी किनेर खानुपर्छ। 'आफैं टिफिन बट्टामा खाना र बोतलमा पानी लिएर जाँदा पनि हुन्छ,' थापाले भने, 'अप्ठ्यारो मान्नुपर्ने कुरा केही पनि छैन। जहाजभित्रै खानेकुरा किन्नुपर्छ भन्ने छैन।'
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई आधार गरी आन्तरिक उडान गरिरहेको इन्डिगोका अध्यक्ष आदित्य घोष हुन्। इन्डिगो अमेरिकाको युएस एयरवेजका पूर्व कार्यकारी राकेश गंगवाल र इन्टरग्लोब इन्टरप्राइजेजको संयुक्त लगानीमा सञ्चालित कम्पनी हो।
इन्डिगोले भदौ १५ बाट दिल्ली-दुबई उडान सुरु गर्ने र त्यसपछि एक महिनाभित्र बैंकक र सिंगापुर उडान गर्ने तालिका सार्वजनिक गरेको छ। फर्किंदा करसहित ९ हजार ९ सय ९९ भारु तिरे पुग्छ।
त्यसै गरी असोज १५ देखि भने मुम्बईबाट दुबई र बैंकक दैनिक उडान गर्ने बताएको छ। २००८ मा भारतकै 'उत्कृष्ट आन्तरिक बजेट एयरलाइन्स' को उपाधि पाएको इन्डिगोले हाल ३९ वटा ए३२० जहाजबाट भारतका २६ सहरमा दैनिक २ सय ५९ उडान गरिरहेको छ।
इन्डिगोले हालसम्म युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २ सय ४१ वटा जहाज खरिद अर्डर गरेको छ। तीमध्ये ९१ वटा ए३२०-२०० सिरिज र १ सय ५० वटा ए३२० एनइओ सिरिजका रहेको उसले जनाएको छ। यी सबै जहाजले कम इन्धन खपत गर्छन्।
पछिल्लो पटक इन्डिगोले गत पुस २७ मा एकै पटक १ सय ८० वटा एयरबस जहाज किन्ने सम्झौता गरेको थियो। दुवै कम्पनीबीच भएको खरिद सम्झौताअनुसार इन्डिगोले ती जहाजका लागि एयरबसलाई १५ अर्ब ६० करोड अमेरिकी डलर तिर्नुपर्नेछ। यी जहाजको पहिलो लट २०१६ मा र बाँकी २०२५ भित्र आपूर्ति हुने सम्झौता भएको छ।
व्यावसायिक उड्डयन इतिहासमै एकैपल्ट धेरै जहाज अर्डर गरिएको सम्भवतः यो पहिलो घटना भएको एयरबसले बताएको थियो। आन्तरिक उडानबाट कम्पनी सुरु गरेको इन्डिगो करिब पाँच वर्षमै भारतको तेस्रो ठूलो आन्तरिक वायुसेवा कम्पनी बन्न सफल भएको थियो।
नागरिक

No comments:
Post a Comment