१९ जुन २०११, ९:४३ बजे
प्रकाश डोटेल
स्याङ्जा, ४ असार
वैदेशिक रोजगारीमा हिँडेका २७ जना नेपाली भारतको राजधानी नयाँ दिल्लीमा अलपत्रमा छन् । जिल्लास्थित वालिङ नगरपालिकामा कार्यालय रहेको ब्राइटर मुन ह्युमन रिसोर्स सर्भिसेज प्रालिमार्फत रोजगारीका लागि यूएई जान हिँडेका २७ जना नेपाली नयाँ दिल्लीमा अलपत्र परेको उनीहरूका आफन्तले बताएका छन् ।
खाडी राष्ट्र यूएईको अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी दिलाउने भएपछि २७ जना नेपालीसँग जनही १ लाख ५० हजारको दरले रकम असुल गरिएको थियो । रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि १३ दिनदेखि उनीहरू दिल्लीमा अलपत्र परेका हुन् ।
दिल्लीमा अलपत्र पर्नेहरूमा थुमपोखरा–९, का टुकबहादुर श्रेष्ठ, ज्ञानु श्रेष्ठ, पुतलीबजार नगरपालिका–१३, का दीर्धजंग केसी, दहथुम गाविसका सुरेश थापा, जनक थापा, दिलबहादुर थापा, विष्णुबहादुर थापालगायत छन् । अलपत्र परेका अन्यको अझै नाम खुल्न सकेको छैन ।
अलपत्र परेका आफन्तलाई कम्पनीको मानिस भागेको खबर गरेपछि म्यानपावरको कार्यालयमा सम्पर्कका लागि आएका छन् । म्यानपावरको कार्यालय भने एक सातादेखि बन्द अवस्थामा रहेको स्थानीयवासीले बताएका छन् । कार्यालय बन्द भएको थाहा पाएपछि अलपत्र परेकाहरूका आफन्तहरू चिन्तित छन् ।
ब्राइटर मुन ह्युमन रिसोर्स सर्भिसेज प्रालिको काठमाडांै–७, स्थित सतुंगलमा प्रधान कार्यालय रहेको वालिङको कार्यालयमा राखिएको बोर्डमा उल्लेख गरिएको छ । बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत शाखा कार्यालय रहेको बताइएको छ ।
म्यानपावर कम्पनीको शाखा कार्यालय वालिङका सञ्चालकका रूपमा कास्की जिल्ला देउराली गाविसका ध्रुव पौडेल, झापाका विकास बस्नेत, बर्दियाका माधव न्यौपाने, पोखराका अर्जुन कार्की रहेको खुलेको छ । सञ्चालकहरू मध्ये अर्जुन कार्कीलाई पीडितका आफन्तले सम्पर्क गरेको उनीहरूले बताएका छन् ।
प्रतिव्यक्ति १ लाख ५० हजारका दरले बुझाएको हौं । कम्पनीले जारी गरेको रसिद देखाउँदै पीडितका परिवारले भने, सहयोग गर्न आग्रह गर्छौं । स्थानीय प्रशासनले भने नेपाली अलपत्र परेको जानकारी नभएको र कसैले पनि उजुरी नगरेको जनाएको छ । दिल्लीमा अलपत्र परेका नेपालीलाई फिर्ता गर्न र ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई खोजी गरी कारबाही गर्न पीडितका परिवारले आग्रह गरेका छन् ।
karobaar dailly ...........

No comments:
Post a Comment