Sunday, June 19, 2011

विवाहपछि पनि छोरीको अंश कायमै रहनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ।




काठमाडौं, असार ११(नागरिक)- विवाहपछि पनि छोरीको अंश कायमै रहनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ। मुलुकी ऐन अंशबन्डा महलको १ (क) मा रहेको 'विवाह गरिसकेकी छोरीको अंशबन्डा गर्नुपर्ने छैन' भन्ने व्यवस्था अमान्य र बदर घोषित गरी पाउँ भन्दै काठमाडौं मण्डिखटारकी जानकी अधिकारी, महिला, कानुन र विकास मञ्चको तर्फबाट अधिवक्ता मीरा ढुंगानासमेत पाँचजनाले रिट दायर गरेका हुन्।

विवाह गरेपछि सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था मानवअधिकारसम्बन्धी मान्य सिद्धान्तविपरीत रहेको रिट निवेदकको दाबी छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन तथा न्याय मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ।

नागरिकबाट 25 जुन2011






अब मिनी स्कर्ट लगाउने, कक्षा कोठामा मोबाइल लैजाने र मोटरसाइकल हुइँक्याउने दिन गए।



मनोज अधिकारी, पोखरा, असार ७- अब मिनी स्कर्ट लगाउने, कक्षा कोठामा मोबाइल लैजाने र मोटरसाइकल हुइँक्याउने दिन गए। निजी उच्च माध्यामिक विद्यालय संघ (हिसान) कास्कीमा ले मातहतका दुई दर्जन उच्च माविमा यी तीनै कुरामा प्रतिबन्ध लगाएको छ। उच्छृंखलता र यौन विकृतिका कारण ग्याङ्फाइट बढेपछि छात्राले छोटा स्कर्ट लगाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हिसानले जनाएको छ। यस्तै, विद्यार्थीका लागि मोबाइल बोक्न र मोटरसाइकल चलाउन समेत नपाइने भएको छ।
हिसानअन्तर्गत कास्कीमा २५ उच्च मावि छन्। ती उच्च माविमा कुल १० हजार विद्यार्थी छन्। त्यसमा छात्र-छात्राको संख्या हाराहारी छ।
'शिक्षाको थलोमा यौन विकृति बढ्ने र एकै जनाका लागि विद्यार्थीहरुबीचमै ग्याङफाइट हुन थालेपछि छात्राका छोटा स्कर्ट प्रतिबन्ध गरिएको हो,' हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले नागरिकसँग भने, 'मोबाइल र मोटरसाइकल पनि विद्यार्थीका लागि आवश्यकताभन्दा बढी विकृतिका साधन बने।'
उनका अनुसार कक्षामा पढाइ चल्दै गर्दा मोबाइलका घन्टी बज्ने, चर्को स्वरमा कुराकानी गर्ने र मोबाइलबाटै केटीलाई जिस्क्याउने र फकाउने गर्न थालेपछि मोबाइल प्रतिबन्ध गर्नुपरेको हो।
'कक्षा चलिरहँदा मोबाइलमा कुरा गर्ने, गीत सुनेर बस्ने बढ्दो क्रमले सबैलाई डिस्टर्ब गरेपछि यसमा पनि रोक लगाउनुपर्छ भन्ने लाग्यो,' हालैको हिसान साधारणसभाका निर्णय सुनाउँदै बरालले भने,'यसले कमसेकम कक्षा कोठालाई शान्त बनाउन मद्दत पुर्‍याउँछ र पढ्ने वातावरण दिन्छ।'
बरालले आफू प्रिन्सिपल रहेको स्टेप बाई स्टेप उच्च माविमा २०६२ सालदेखि नै यस्ता कुरामाथि प्रतिबन्ध लगाएका छन्। दुई महिनाअघि मात्रै हिसानको अध्यक्ष बनेका उनले आफ्नै कार्यकालमा सबै उच्च माविमा पनि यस्तै नियम लगाएर एकरुपता दिन खोजेको बताए।







मिनी स्कर्टका कारण विद्यार्थी भर्ना धेरै भएपछि यहाँका अधिकांश उच्च माविमा त्यस्तो स्कर्ट लगाउने प्रतिस्पर्धा चल्दै आएको थियो। कतिपय छात्रा छोटा स्कर्ट लगाउन रुचाउने र छात्रहरुलाई त्यसले आकर्षित गर्ने भएकाले विद्यार्थी भर्ना उच्च हुने गरेको स्वयं उच्च मावि सञ्चालकले स्वीकार गरेका छन्।

'अब छात्राका स्कर्ट देखाएर विद्यार्थी भर्ना गर्न पाइँदैन,' बरालले भने, 'घुँडाभन्दा माथि स्कर्ट लगाउने विद्यार्थीलाई विद्यालय प्रवेश निषेध हुन्छ।'
११ र १२ कक्षाका विद्यार्थीमा मोटरसाइकल नागबेलीझैं चलाउने, केटीसहित कक्षाबाट भाग्ने र बढी दुर्घटना हुने समस्या देखिएको छ। यस्तो निर्णयप्रति अभिभावक, विद्यार्थीबाट राम्रो प्रतिक्रिया आएको समेत उनले सुनाए।
अब ड्रेस लगाएका विद्यार्थीले चलाएका मोटरसाइकल रोक्न एक-दुई दिनमै ट्राफिक प्रहरीलाई अनुरोध गर्न जाने बरालले बताए।
जिल्ला ट्राफिक कार्यालयकाअनुसार मोटरसाइकलको कुल दुर्घटनामध्ये ६० प्रतिशत विद्यार्थीका हुने गरेका छन्।
यस्तै ९९ प्रतिशत मोटरसाइकल मोडिफाई यस्तै विद्यार्थीले गराउने गरेका छन्। जिल्ला ट्राफिकले डेढ महिनाअघि यस्तो सूचना हिसान र सम्बन्धित कलेजलाई दिंदै विद्यार्थीलाई मोटरसाइकलमा कलेज आउन दिने प्रवृत्ति रोक्न माग गरेको थियो।
'अधिकांश दुर्घटना र मोडिफाई विद्यार्थीले गराउने देखेपछि यसलाई रोक्न प्रयास थालेका थियौं,' जिल्ला ट्राफिक कार्यालयका प्रमुख होबिन्द्र बोगटीले भने, 'विद्यालय सञ्चालकले नै यस्तो नियम बनाएपछि हामीलाई पनि सजिलो भयो।'
 nagrik  news  .........
एकै दिनमा रामेछापमा१२ बषिर्या बालिकाले झुण्डिएर २१ बर्षीया सीता नेपालीको विष सेवनबाट आत्महत्या भने  घर भत्कँदारत्नबहादुर मोक्तानको ज्यान गएको छ
मन्थली , अषाढ ५ - जिल्लाका विभिन्न गाविसमा भएका छुट्टाछुट्टै घटनामा शनिबार तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार राति आएको अविरल बर्षाले घर भत्कँदा गुन्सी ९ गुन्सालका रत्नबहादुर मोक्तानको ज्यान गएको छ । घरमा रहेका अन्य ५ जना भागेर ज्यान बचाउन सफल भएका छन् ।
यसैगरी शनिबार मन्थली ७ की २१ बर्षीया सीता नेपालीको विष सेवनबाट ज्यान गएको छ । पतिसंग भएको सामान्य झगडाका कारण विष सेवन गरेको पारिवारीक श्रोतले जनाएको छ । नेपालीको शव आइतबार पोष्टमार्टम गरी परिवारजनले बुझेको प्रहरी निरीक्षक हरीकृष्ण खत्रीले जनाएका छन् ।
शनिबारनै बेताली गाविसमा १२ बषिर्या बालिकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । घरमा कोही नभएको मौका छोपी दलिनमा झुण्डिएर बेताली ३ कि प्रभाना बस्नेतले आत्महत्या गरेकी हुन् । मेलाबाट फर्कदा छोरी झुण्डिरहेको अवस्थामा भेटीए पछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
प्ररहीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लैजान आग्रह गर्दा स्थानीय वासिन्दाले अस्वीकार गरेका छन् । बेतालीमा आइतबार दिनभर जस्तो उक्त विषयलाई लिएर तनाव भएको जनाईएको छ । स्थानीय राजनीतिक दल, परिवारका सदस्य र स्थानीय बासिन्दाले पोष्टमार्टम गर्न नदिने अढान लिए पछि प्रहरी फर्किएको छ । बालिकाको आइतबार अपरान्ह बेतालीमा अन्तिम संस्कार गरिएको छ । घटना हुनुको कारण थाहा हुन सकेको छैन ।


प्रकाशित मिति: २०६८ अषाढ ५ ०४:१६

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।