Saturday, June 20, 2015

भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा


भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्षाफलमा ४७ प्रतिशत भन्दा बढी विद्यार्थी उतीर्ण भए। परिक्षाफलमा नीजि विद्यालयहरुको नै दवदवा रह्यो। सामुदायिक विद्यालयको परिक्षा तुलनात्मक रुपमा कमजोर नै रह्यो। यद्यपी ग्रामिण भेगका विद्यालयहरुले नै पनि नतिजा राम्रै निकालेका छन्।

भुकम्पले प्रभावित जिल्ला गोरखा मसेल ५ को श्री बिन्द्रावती माविका विद्यार्थीहरुले पनि राम्रै नतिजा ल्याए। मसेल ५ गोर्खाकी इन्दिरा बगालेले विदयालयको अहिलेसम्मकै ८२.५% अंक ल्याएर रेकर्ड राखिन। उनले ल्याएको नतिजा अहिलेसम्मकै राम्रो र उत्कृष्ट भएपनि त्यो सुन्न र त्यसको खुसी साट्न उनी यस संसारमै थिइनन। स्थानिय विश्व भट्टले भने ‘बिडम्बना आज उनको खुसीले आफन्तलाई झन पिडा थपेको छ।’

बैशाख १२ गतेको महाभुकम्पमा परि जीवन गुमाएकी इन्दिराको नतिजाले झन स्थानियहरुलाई अझ घाउमा नुनचुक छरेको जस्तो भएको छ। आफ्नो गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीको सफलताको र खुसीको पल साट्न नपाउँदा स्थानिय अभिभावक र विद्यार्थीहरु आज झन शोकमा परेको भट्टले बताए।

साभार hamrokura.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।