Thursday, June 9, 2011

साथिहरू फेसबुकले कङ्गाल बनाउला है,,,

पछिल्लो समयमा फेसवुक ट्वीटर जस्ता समाजिक नेटवर्क निकै चर्चित भएका छन् । यी नेटवर्कहरु प्रयोग गर्न पाएनन् भने धेरै मानिस पागल सम्म हुन सक्छन् । फेसवुक र ट्वीटर अहिले आम मानिसको नशा नै बनेको छ । तर यसबाट आफू सचेत हुन सकिएन भने क्षणभरमै कंगाल बन्न सकिन्छ ।



इन्टरनेटमा पहुँच भएको जो कोही पनि फेसवुक वा ट्वीटर प्रयोग नगर्ने व्यक्ति सायदै कोही होला । दशौ वर्ष पूरानो साथीलाई खोज्नु पर्यो वा नयाँ साथी बनाउनु पर्यो भने फेसवुक खोले हुन्छ । खोजेको व्यक्तिलाई क्षणभरमै सम्पर्क गराई दिन्छ फेसबुकले । फेसबुक, ट्वीटर जस्ता सामाजिक नेटवर्कलाई अहिले आम मानिस देखि उच्च तहका व्यक्तिहरुले आफ्नो मनका कुरा साट्ने देखि बहस चलाउने सम्म प्रयोग गरिरहेका छन् । फेसबुक र ट्वीटरको विषयमा धेरै व्याख्या गरिरहँदा तपाईहरुको नै अपमान गरेको हुन सक्छ, त्यसैले हामीले उठाउन खोजेको विषय भनेको सामाजिक नेटवर्कलाई असावधानी पूर्वक प्रयोग गर्दा हुने वेफाइदा हो ।
हो, फेसबुक तथा ट्वीटर जस्ता सामाजिक नेटवर्क साइटहरु मित्र तथा परिवारसँग नजिक हुनका लागि उत्तम साधन त बनेका छन् तर ती साइटबाट तपाईको कम्युटर तथा मोबाईलमा भाइरसको प्रवेश हुने सम्भावना पनि उत्तिकै छ । यति मात्र होइन तपाईले पोष्ट गर्ने स्टाटसले गर्दा तपाई क्षणभरमै कंगाल बन्न सक्नु हुन्छ । अर्थात फेसबुककै कारण गम्भीर अपराधको सिकार बन्न सक्नुहुन्छ । फेसबुककै माध्यमबाट घरका सबै सदस्य बाहिर जाँदैछन् भन्ने थाहा पाएर हालै अमेरिकाको न्यू ह्याम्पशायर राज्यमा तीन डाँकाले लाखौं अमेरिकी डलर मूल्य बराबरको धनमाल लुटेका थिए ।
त्यसैले फेसबुक, ट्वीटर जस्ता वेवसाइटमा प्रोफाइल अपडेट गर्दा सचेत बनौ । संवेदनशील सूचना सबैले देख्नेगरी पोष्ट गर्नु बुद्धिमानी नहुन सक्छ । यस्ता वेवसाइटमा आउने एप्लिकेशनले किन तपाईको अथवा तपाईका साथीहरुका बारेमा सूचना मागेको होला भनेर एक पटक अवश्य सोच्नु पर्दछ । विश्वास गर्ने आधार नभए सम्म कुनै पनि एप्लिकेशन वा अनुरोधलाई स्वीकार नगर्नुहोस् ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।