Monday, July 25, 2011

'केटी पनि कस्ता हुन्, घरमा श्रीमती देखेर पनि आउन मान्ने? उमेर 18 श्रीमति 5 वटी

जनक केसी, जाजरकोट, साउन ९ - नेपालको कानुनले विवाहका लागि केटाको हकमा २० वर्ष उमेर तोकेको छ। तर, १८ वर्ष मात्र पुगेका झाप्रा-१, फुम्नाका बमबहादुर वादीका पत्नी नै ५ वटी छन्। १३ वर्षको उमेरमा ७ कक्षामा पढ्दापढ्दै पहिलो विवाह गरे उनले। त्यसपछि पढ्न पनि छोडिदिए । त्यो २०६३ सालको कुरा हो। पहिलो पत्नी संगीता वादी अहिले १८ वर्षकी मात्र भइन्। ५ वर्षको अवधिमै उनले थप ४ पत्नी ल्याए। 

विवाह गरेका सबै पत्नीको उमेर उनीसँग मिल्दो छैन। माइली विष्णा १९, साइँली कालिका २०, काइँली जन्तरा २० र कान्छी कल्पना १८ वर्षका छन्।



घरको आर्थिक अवस्था कमजोर भए पनि धेरै पत्नी जम्मा पारेर कुनै पछुतो नलागेको उनको भनाइ छ।

'न जागिर छ, न त पढाइ,' उनले भने, 'कहिलेकाहीँ परिवार पाल्ने समस्याले सताउँछ।'

अहिले उनको साथमा तीनवटी मात्र छन्। जेठी, साइँली र कान्छी पत्नी उनीसँगै बस्छन्। 'जन्तरा र विष्णा मेरो साथमा छैनन्,' उनले भने, 'पढ्न पनि सकिनँ, जागिर पनि पाइनँ।'

पढ्न र कमाइ गर्न छाडेर श्रीमती मात्र बटुलेर सारै समस्यामा पारेको उनकी आमा विजा वादीले बताइन्। 'केटी पनि कस्ता हुन्, घरमा श्रीमती देखेर पनि आउन मान्ने? उनले भनिन्, 'सानै उमेरमा पनि यति धेरै श्रीमती ल्याएर के गर्ने होला? यसले त गाउँ नै उठाएर ल्याउन थाल्यो।'

विजाका पतिले भने एकमात्र विवाह गरेका छन्। 'यस ( बमबहादुर) का बुबाले मसँग मात्र विवाह गरे,' विजाले भनिन्, 'तर, बमबहादुरको चाला देखेर सबै अचम्ममा परेका छन।'

छिमेकी वीरबहादुर नेपालीले पढ्ने, लेख्ने उमेरमा घरभरि श्रीमती भरेर भविष्य बिगारेको टिप्पणी गरे। 'कस्तो मान्छे हो, एक पैसा कमाइ छैन तर श्रीमती भने १८ वर्षमा ५ पुर्‍याइसक्यो,' उनले भने, 'के गर्ने सोचेको होला?'

गाउँमा बहुविवाह तथा बालविवाह संस्कारका रुपमा स्थापित भएकाले यस्ता घटना सामान्य लाग्न थालेको अधिकारवादी रीता रावलले बताइन्। गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष खिमवहादुर शाहीले भने अज्ञानता र चेतनाको अभावमा दलित समुदायभित्र बालविवाह तथा बहुविवाहका घटना भइरहने बताए।नागरिक Click Here

धनिको महलमा दानबताको बास हुन्छ भने गरिबको झुपडिमा मानबताको इतिहास हुन्छ


१५ दिनपछि सिंहदरबारमै बिजुली काटिनेClick Here


केटीका परिवारले अर्कै केटासँग विवाह गरिदिने भन्दै कुरा अगाडि बढाएपछि प्रेम जोडीले आत्महत्याClick Here

फूलको अखामा फूलै  सन्सार ( यू ए यी को अबुधबि शहरमा 1 घरमा सोभनियताको लागि रोपेको फूल )

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।