Friday, July 8, 2011

बेलायतमा अपरिचितको इट्टा प्रहारबाट एक नेपालीको हत्या

लन्डन, अषाढ २४ - बेलायतको वेष्ट क्रोयडनमा अपरिचितको इट्टा प्रहार गरी एक नेपालीको हत्या गरेको छ । विहीवार बिहान करिव सवा सात बजे काममा निस्कंदै गर्दा ४२ वर्षीय उमेश चौधरीको हत्या भएको हो । राजविराजका स्थायी वासिन्दा चौधरी एक दशकयता बेलायत बस्दै आएका थिए ।



इष्ट क्रोयडनस्थित ‘टेस्को एक्सप्रेस’ डिपार्टमेन्टल स्टोरका जागिरे उनी साढे सातको सिफ्ट गर्न १५ मिनेट अघि घरबाट निस्केका थिए । निस्कने वित्तिकै विना निहुं चौधरीको टाउकोमा विभत्स तरिकाले आक्रमण भएको प्रत्यक्षदर्शी गुल्मी रुपाकोटका सुरज भण्डारीले जनाए ।
आफनै आँखा अगाडि विभत्स दृश्य देखेका भण्डारीले घट्ना वेलिविस्तार लगाउँदै भने, ‘म कोठामै थिएं, बाहिर केही आवाज आए जस्तो लागेर झ्यालबाट हेर्दा त उमेश दाईलाई एउटा अपरिचितले इटटाले हिर्काइरहेको देखें । पहिलो तलाबाट दौडेर तल झर्दासम्म दाईको टाउकोबाट रगत बगिरहेको थियो, आक्रमणकारीलाई समातेर प्रहरीलाई तत्काल खवर गरेपछि १५ मिनेट जतिमा प्रहरी आए ।’
भण्डारीले एक मिनेट भित्र कोठाबाट तल झर्दा समेत बचाउन नसकिएकोमा दुःख व्यक्त गरे । भण्डारीले चौधरीको कसैसंग रिसइवी भएको आफूले थाहा नपाएको पनि बताए । चौधरी र भण्डारी सात महिना यता डेनेट रोडस्थित एउटै घरमा बस्थे । आक्रमणपछि चौधरीको मोवाइल र व्याग सडकमै छरपष्ट भएको जनाउंदै भण्डारीले आफूलाई समेत हिर्काउन खोजेको बताए ।
घट्ना भएको आधा घण्टापछि आइपुगेको लन्डन एम्बुलेन्समा राखेर सेन्ट जोर्ज अस्पताल लगिएका चौधरीलाई चिकित्सकले दिउँसो सांढे एक बजे मृत घोषित गरेका थिए ।
१५ मिनेटमा घट्नास्थल पुगेको प्रहरीले हत्यारा १८ वर्षीय अफगानी युवालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । प्रहरीले उसको मानसिक स्वास्थ ठिक भए नभएको पनि जाँचिरहेको जनाएको छ । प्रहरीले हत्याबारे थप जानकारी उपलब्ध गराएर अनुसन्धानमा सघाउन सबैलाई आगह गरेको छ । चिफ सुपरिटेन्डेन्ट एडियन रोवर्टसले घट्नाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा सहानुभुति प्रकट गरेका छन् ।
चौधरीका श्रीमती, एक छोरा र एक छोरी छन । चौधरी सन् २००२ देखि सो स्टोरमा नियमित काम गर्दै आएको पारिवारिक श्रोतले जनाएको छ । श्रीमती गत वर्षको दशैंमा मात्र बेलायत आएकी थिइन । घट्नापछि सिंगो परिवार र नेपाली समाज विक्षिप्त छ ।
प्रकाशित मिति: २०६८ अषाढ २४ ११:३२kantipur





5.जिरि खोला साना जलबिध्युतले 23सामाजिक विकासका गतिबिधि गर्ने Click Here

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।