Saturday, July 2, 2011

फेसबुकका संस्थापक गुगलका संस्थापकहरुभन्दा धनी

न्युयोर्क- फेसबुकका संस्थापक मार्क जुकरवर्गको व्यक्तिगत सम्पति झन् बढेको छ। उनको सम्पतिले गुगलका संस्थापकहरु सेर्गेइ ब्रिन र ल्यारी पेजको सम्पतिलाई पनि उछिनेको छ।
जीएसभी क्यापिटलले सोसल नेटवर्किङ साइटमा लगानी बढाएपछि जुकरवर्ग झन् धनी भएका हुन्।



यही साता जीएसभी क्यापिटल कोर्पले फेसबुकको दुई लाख २५ हजार सेयर खरिद गरेको हो। यसको प्रति सेयर मूल्य २९.२८ अमेरिकी डलर थियो। यस अनुसार फेसबुकको मोल ७० अर्ब अमेरिकी डलर हुन आउँछ।

यसै आधारमा जुकरवर्गको सम्पति १८ अर्ब अमेरिकी डलर मापन गरिएको टाइम म्यागेजिनले जनाएको छ। जुकरवर्ग आइटी क्षेत्रका तेस्रा सबैभन्दा धनी हुन्। उनको अगाडि बिल गेट्स र ओरेकलका ल्यारी इलिसनमात्रै छन्।

जुकरवर्गले गत वर्ष एप्पलका स्टिभ जब्सलाई उछिनेका थिए भने अहिले उनले गुगल संस्थापकहरुलाई उछिनेका हुन्।

मार्क जुकरवर्गको अमेरिकको क्यालिफोर्नियास्थित नयाँ घर। उनले ७ लाख अमेरिकी डलरमा यो घर खरिद गरेका हुन्।


विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश, नेपाललाई ५–० को जीत     click  here

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।