Sunday, September 18, 2011

चरिकोटका २२ वटा पसल र खाद्य गोदाममा छापा मारी म्याद गुज्रेका अखाद्य वस्तुहरु बरामद


दोलखा, भदौ ३१ (नागरिक)- स्थानीय प्रशासनले दोलखा सदरमुकाम चरिकोटका २२ वटा पसल र खाद्य गोदाममा छापा मारी म्याद गुज्रेका अखाद्य वस्तुहरु बरामद गरेको छ। प्रशासनको टोलीले शुक्रबार र शनिबार गरी चरिकोट बजारका २२ वटा पसल र तिनीहरुका गोदाममा छापा मारी म्याद गुज्रेका र उत्पादनसम्बन्धी लेबल नभएका उपभोग्य वस्तु बरामद गरेको हो।



जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक रोशन ज्ञवालीको नेतृत्वको टोलीले शुक्रबार सदरमुकामका ठुला होलसेल र दैनिक उपभोग्य सामन पाइने पसलमा अनुगमन गरी म्याद गुज्रेका आँटा, पिठो, बिस्कुट, जुस, चियापत्ती खानेतेल, चिजबल, दालमोठ, मसला लगायतका सामनहरु बरामद गरेको छ।

यसअघि शुक्रबार छापा मारेको सदरमुकाम चरिकोटका आधा दर्जन होलसेल पसलबाट, म्याद गुज्रेका बिस्कुट, आँटा, जुस, तेल, चियापत्ती, काजु, मसला लगायत दैनिक उपभोग्य सामन बरामद गरेको थियो। शुक्रबार टोलीले चरिकोटस्थित सातदोवाटो चोकका होलसेल पसलहरु पनेरु स्टोर, आदिति एण्ड अदिश स्टोर्स, शिव जनरल स्टोर्स, पर्वत एण्ड प्रशान्त होलसेल स्टोर्समा छापा मारेको थियो। यि सदरमुकामका नाम चलेका होलसेल पसलहरु हुन्।


शनिबार छापा मारिएका १६ वटा पसलबाट समेत टोलीले ठूलो मात्रामा तेल, आँटा, मसला, र ड्राई फुडहरु बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अनुगमन समितिका संयोजक एवं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन ज्ञवालीको नेतृत्वमा गएको म्याद गुज्रेका अखाद्य सामन नष्ट गरिने र म्यादसम्बन्धी लेबल नलागेका सामन कम्पनीको रोहोवरमा कम्पनीलाई नै फिर्ता गरिने बताए Nagarik

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।