Friday, February 10, 2012

मान्छे पुरुषै भएपनि यीनलाई महिला भन्न तपाईलाई कर लाग्ने छ

२७ माघ, काठमाण्डौ । यो तस्वीर हेरेपछि यीनलाई किशोर भन्नुहुन्छ कि किशोरी ? मान्छे पुरुषै भएपनि यीनलाई महिला भन्न तपाईलाई कर लाग्ने छ । कागजमा पुरुष तर स्वरुपमा महिला देखेपनि यी नेपाली किशोरले बैैंकक जाने भिषाबाट समेत बञ्चित हुनुपरेको छ । करिव १८/१९ बर्षको एउटा किशोरले आफ्नै रहरले आफुलाई ‘किशोरी’मा रुपान्तर गरेको सायद यो नेपालकै पहिलो घटना हुनुपर्छ ।



यिनी हुन् चर्चित हाँस्य कलाकार सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्त । उनी अहिले लगभग १९ बर्षका भएका छन् । झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् ।

पहिले केटीको जस्तो हाउभाउमात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न लागेको आजको जनआह्वान साप्ताहिकले छापेको छ । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ । छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा नायिका करिश्मा मानन्धरले जस्तै उनले पनि ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र अहिलेका तस्वीरसमेत फेला परेका छन् ।

हेर्दामात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थीति पनि अब धेरै रहने छैन् । किनभने अहिले उनी पुरुष अंगको सट्टा महिला अंग प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् । पारिवारिक स्रोतका अनुसार पहिलोपटक वैंकक जाँदा केटाको पासपोर्टमा केटी जान लागेको भन्दै काठमाण्डौंस्थित थाई दूतावासले भिषा दिन अस्वीकार गरेको थियो । दोस्रोपटकको प्रयासमा भिषा पाएर अहिले वैंकक रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् ।

बिश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले पनि आफुलाई पुरुष भन्दा महिला हुनुनै उचित ठानेर होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् ।

Copyright  from Online khaber


Listen Live







hamrofm live Click Here
                                  
  If you not listening  कालिन्चोक एफएम पेजClick Here


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।