
सभा विसर्जन हुन लागेकै बेला २०-२२ की एक महिला डाँको छोडेर रुँदै स्टेजतिर आइन् र माइक समातेर कोरियन श्रीमान्बाट भोगेको पीडा बताउन थालिन्- 'म सीता पुन, मेरो घर पर्वत हो। कोरियन केटासँग विवाह गरेर आएको दुई वर्ष चार महिना भयो, आएकै दिनदेखि घरबाट निस्कन नदिने, पिट्ने, फोन गर्न पनि नदिने व्यवहारको सिकार भएकी छु, मेरो १४ महिनाको छोरा छ र अहिले दुई महिनाको गर्भ छ, म सुत्केरी हुँदा पनि जबर्जस्ती बलात्कार गरेको थियो। म अत्यन्तै पीडित नेपाली चेली हुँ।'सीताले आफ्नो व्यथा सुनाउँदा उपस्थित सबै दर्शक भक्कानिएका थिए। सीताले यसरी दुःख पाउनुमा गरिबी एउटा कारण थियो।
कोरिया पुगेको दिनदेखि नै सीतालाई बाहिर निस्कन र फोन गर्न बन्देज गरिएको थियो। सीताले भनिन्- 'खान पनि दिँदैनथ्यो, नेपाल जा भन्दै पिटिरहन्थ्यो। यस्तै पीडा सहन नसकेपछि म बाहिर आएर सेल्टरमा बसेकी थिएँ। त्यहींबाट मेरो छोरालाई खोसेर लागेको छ। छोरालाई हेर्न औ धी मन छ। उसको बोली सुन्न फोन गर्दा फोन पनि उठाउँदैन।' छोराको कुरा गर्दा सीताको आँखाबाट बलिन्द्र धारा बगिरहेको थियो। सीतालाई श्रीमान्ले पारपाचुके दिइसकेको छ, तर पनि उनी आफ्नो कानुनी हकका लागि एउटा मनाव अधिकारवादी संस्थाको सहयोगमा मुद्दा लडिरहेकी छिन्।
कोरियामा रहेका नेपाली महिलाहरूको संस्था विमेन्स फर विमेन्सकी अध्यक्ष कोपिला राईले वैवाहिक सम्बन्धमा कोरिया आएका नेपाली महिलाहरूमध्ये ९८ प्रतिशतले कष्टकर जीवन बाँचिरहेका र नेपाली महिलाहरू मुम्बई, दिल्ली तथा खाडी देशहरूमा मात्र होइन कोरियामा पनि म्यारिज ब्युरोहरूमार्फत बेचिन थालेकाले त्यस्ता ब्युरोलाई सरकारले तत्काल बन्द गर्नुपर्ने माग
राखिरहेकी थिइन्।
सभा विसर्जन हुन लागेकै बेला २०-२२ की एक महिला डाँको छोडेर रुँदै स्टेजतिर आइन् र माइक समातेर कोरियन श्रीमान्बाट भोगेको पीडा बताउन थालिन्- 'म सीता पुन, मेरो घर पर्वत हो। कोरियन केटासँग विवाह गरेर आएको दुई वर्ष चार महिना भयो, आएकै दिनदेखि घरबाट निस्कन नदिने, पिट्ने, फोन गर्न पनि नदिने व्यवहारको सिकार भएकी छु, मेरो १४ महिनाको छोरा छ र अहिले दुई महिनाको गर्भ छ, म सुत्केरी हुँदा पनि जबर्जस्ती बलात्कार गरेको थियो। म अत्यन्तै पीडित नेपाली चेली हुँ।'
सीताले आफ्नो व्यथा सुनाउँदा उपस्थित सबै दर्शक भक्कानिएका थिए। सीताले यसरी दुःख पाउनुमा गरिबी एउटा कारण थियो। पर्वतको सलिजा गाउँमा जन्मिएकी सीताले गाउँको विद्यालयबाट एसएलसी गरेपछि पोखरा पृथ्वीनारायण क्याम्पसमा आईएड पढ्दा झेल्नुसम्म आर्थिक अभाव झेलेकी थिइन्। उनले योग्यताअनुसारको जागिर पाइन्छ कि भनेर दुई-चार ठाउँमा निवेदन पनि दिइन्, तर कसैले उनको मर्म बुझेनन्। त्यही क्रम चलिरहेका बेला पत्रिकामा कोरियन केटासँग विवाह गर्नेलाई सुवर्ण अवसर भन्ने आकर्षक विज्ञापन देखिन् र फोन गरिन्। लेकको जुकाझैं भोकाइरहेका दलालहरूले तुरुन्त भेट्न आउनु भने र भोलिपल्टै काठमाडांै सोर्हखुट्टेस्थित एक म्यारिज ब्युरोको अफिस पुर्याए। बे हुलाको स्थितिसमेत गुपचुप राखेर त्यहाँका दलालहरूले सीतालाई कोरिया गएपछिको रङ्गीन सपना देखाए— दाजुभाइ-दिदीबहिनी सपरिवारलाई कोरिया लान पाइन्छ। ती दलालको नक्कली कुरालाई सीताले वास्तविक मानिन् र एउटा आँखा फुटेको र आफूभन्दा १८ वर्ष बूढोसँग विवाह गरेर कोरिया पुगिन्।
कोरिया पुगेको दिनदेखि नै सीतालाई बाहिर निस्कन र फोन गर्न बन्देज गरिएको थियो। सीताले भनिन्- 'खान पनि दिँदैनथ्यो, नेपाल जा भन्दै पिटिरहन्थ्यो। यस्तै पीडा सहन नसकेपछि म बाहिर आएर सेल्टरमा बसेकी थिएँ। त्यहींबाट मेरो छोरालाई खोसेर लागेको छ। छोरालाई हेर्न औ धी मन छ। उसको बोली सुन्न फोन गर्दा फोन पनि उठाउँदैन।' छोराको कुरा गर्दा सीताको आँखाबाट बलिन्द्र धारा बगिरहेको थियो। सीतालाई श्रीमान्ले पारपाचुके दिइसकेको छ, तर पनि उनी आफ्नो कानुनी हकका लागि एउटा मनाव अधिकारवादी संस्थाको सहयोगमा मुद्दा लडिरहेकी छिन्।
सीताजस्तै कोरियन केटासँग विवाह गर्यो भने जीवन सुखले चल्छ भन्ने कल्पनामा बहकिएर दुःखको सागरमा डुबेकी नेपाली चेली हुन्— रीतिका गुरुङ -नाम परिवर्तन)। गोर्खा सतीपीपल लाहुरे टोलकी लाहुरेकी छोरी रीतिकाको व्यथा भने सीता पुनको भन्दा फरक छ। गोरखाकै द्रव्यशाह कलेजमा प्लस टु सकेपछि बेलायत गएर उच्च शिक्षा हासिल गर्ने सपना बुनेकी रीतिकाले डेढ वर्ष त्यसै झुल्नुपर्यो। बेलायत जाने सपना चकनाचुर भएपछि पोखरास्थित उनको मामाघरमा भाडामा बसेकी एक महिलाको सहयोगमा ७ लाख रुपैयाँ तिरेर आफूभन्दा १४ वर्ष जेठो मानसिक सन्तुलन ठीक नभएको कोरियन केटासँग विवाह गर्न पुगिन्। केटा १७ दिन नेपाल बसेकाले उनीहरूबीच यौनसम्पर्क भयो र गर्भ पनि बस्यो। रीतिकाले त्यसको जानकारी म्यारिज ब्युरोकी कर्मचारी सबितालाई पनि गराइन्। रीतिका वास्तवमा गर्भपतन गर्न चाहन्थिन् तर तिनै सविताको गर्भ नतुहाउनुु भन्ने सल्लाहअनुसार उनी गर्भ बोकेरै कोरियाको बुसान पुगिन्। त्यहीबाट उनको दुःखको यात्रा सुरु भयो।
एकातिर गर्भवती भएकीले जीउ गर्हुँगो हँँदै गयो भने अर्कातिर नयाँ भाषा, संस्कृति र परिवेशमा रीतिकालाई हुनसम्म गार्हो भयो। त्यसमाथि सानो-सानो गल्तीमा पनि श्रीमानले पिट्न थालेपछि उनी रुनुसम्म रोइन्। गाउँ दुर्गम र आफूले चिने-जानेको नेपाली कोही नभएकाले रीतिकालाई मर्नु भएको थियो। लगातारको कुटपिट सहन नसकेर नीलडाम देखाउँदै न्याय माग्न प्रहरीसमक्ष पुगेकी रीतिकालाई त्यहाँ उल्टै सम्झाएर पठाइएको थियो। त्यसपछिका दिनमा पनि लगातार श्रीमान्को कुटपिट सहन नसकेपछि उनी राति भागेर निस्किन् र अहिले एउटा सेल्टरमा आठ महिनाको गर्भसहित आश्रय लिइरहेकी छिन्। उनले दलाललाई बुझाएको ७ लाख रुपैयाँको ब्याज भने चुलिँदै गएको छ।
रीतिकाजस्तै दलालको लहैलहैमा १२ लाख रुपैयाँ तिरेर नक्कली विवाह गर्ने सर्तमा कोरिया आएकी पोखराकी रञ्जना शर्मा -नाम परिवर्तन) पनि यतिखेर समस्यामा परेकी छिन्। उनको भिसा थप्ने बेला भएको छ तर कोरियन दलालले ६० लाख वन -करिब ४ लाख २० हजार रुपैयाँ) बुझाए मात्र भिसा थपिदिने, नभए आफूसँगै बस्न कर गरिरहेको छ। केटाको प्रस्ताव दलालसँगको सर्तमा नभएको रञ्जना बताउँछिन्। सीता, रीतिका र रञ्जनाभन्दा इलामकी विमला खतिवडा -नाम परिवर्तन) को व्यथा बेग्लै छ। बिमलाले पनि अरूजस्तै दलालको नक्कली कुरामा सजिलै विश्वास गरिन् र कोरियन केटासँग विवाह गरी १८ महिनाअघि कोरिया पुगिन्। कोरिया पुगेको केही महिनामै आफ्नो श्रीमान्को जेठी श्रीमती तथा छोरा-छोरीसमेत रहेको थाहा पाएपछि उनी छाँगाबाट खसिन्।
कुरा बुझ्दा जेठीसँग पारपाचुके नपाउँदै बिमलालाई भित्र्याइएको रहेछ। कोरियाली श्रीमान्को कुटपिट सहन नसकेरै उदयपुरकी शारदा खड्का -नाम परिवर्तन) नेपाल फर्किएकी छिन् भने देखाउने बेलामा एउटा केटा देखाएर विवाहचाहिँ अपाङ्ग र बूढोसँग गराइदिएकाले खोटाङकी सुम्निमा राई -नाम परिवर्तन) र ताप्लेजुङकी सानुमाया लिम्बु -नाम परिवर्तन) बाहिर निस्केर बसेका छन्। यस्तो झेल हुन्छ र यहाँ आएर यस्तो दुःख पाइन्छ भन्ने नसोचेको उनीहरू बताउँछन्। उल्लेखित नेपाली चेलीहरूको कथाव्यथाले कोरियाली श्रीमान्को घरेलु हिंसा सहेर बसे का नेपाली महिलाहरू प्रशस्त छन् भन्ने कुरालाई पुष्टि गर्छ। सुखी छन् भनिएकाहरूलाई पनि सोचेजस्तो सुख नभएको नाम नबताउने सर्तमा एक माइग्ा्रेन्ट सेल्टरमा काम गरिरहेकी नेपाली महिला बताउँछिन्। ती महिलाका अनुसार कोरियामा व्यक्तिगत सूचनालाई अत्यन्त संवेदनशील मानिन्छ। त्यसैले अरूको परिवारको कुरा खुलस्त कसैले भन्न सक्दैनन्। ती महिला आफ्नो सेल्टरमा महिनामा ४-५ जना नेपाली महिला घरेलु हिंसाबाट पीडित भएपछि सहयोग र न्याय माग्न आउने बताउँछिन्। मानसिक सन्तुलन नभएका दुई कोरियाली श्रीमान्ले गत वर्ष मात्र भियतनाम र कम्बोडियाका दुई महिलाको हत्या गरेका थिए। उक्त घटनामा अन्तर्राष्ट्रिय स्तरका मानवअधिकारवादीहरूले समेत चासो राखेका थिए।
सोलस्थित नेपाली राजदूताबासले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म ८ सय २१ जना नेपाली महिला कोरियाली पुरुषसँग विवाह गरेर कोरिया आएका छन् भने कोरियास्थित विमेन्स माइग्ा्रेन्ट ह्युमन राइट सेन्टर -ध्ःज्च्ऋ) ले जनाएअनुसार हालसम्म विवाह गरेर १ लाख २५ हजार ३१ जना विदेशी महिला कोरिया भित्रिएका छन्। उक्त संस्थाको तथ्यांकअनुसार १० दशमलव ८ प्रतिशत विदेशी महिलाले मात्र सन्तान जन्माएर घरबार गरेका छन्। घरेलु हिंसाबाट पीडित प्रवासी महिलाले उजुरी गर्ने घटना पनि बढ्दै गएको संस्थाले जनाएको छ।
कोरियामा सम्बन्ध-विछेद गर्ने विदेशी महिलाको संख्या दिनानुदिन बढिरहेको तथ्य कोरियाको तथ्यांक विभागले गत नोभेम्बरमा सावजनिक गरेको आँकडाबाट पनि स्पष्ट हुन्छ। जसअनुसार सन् २०१० मा मात्र कुल १२ दशमलव ३ प्रतिशत अर्थात् १४ हजार ३ सय १९ जना विदेशी महिलाले सम्बन्ध-विच्छेद गरेका छन्। यो संख्या २००९ को तुलनामा ५ प्रतिशतले बढी हो। त्यसरी नै कोरियाको न्याय तथा कानुन मन्त्रालयले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कोरियामा विवाह गरेर आएका प्रवासी महिलामध्ये ६० प्रतिशतभन्दा बढीले सम्बन्ध- विच्छेद गर्न खोजिरहेका छन्। प्रतिवेदनमा जनाइएअनुसार प्रवासी महिलाहरूले अत्यधिक रूपमा सम्बन्ध-विच्छेद गर्नुको मुख्य कारण घरेलु हिंसा मानिएको छ भने अन्य कारणमा भाषा, सस्कृति र उमेरको भिन्नता, दक्षण्िा-पूर्वी एसियाका महिलाहरूप्रति कोरियन पुरुषको नीच द ृष्टिकोण, महिलाहरू स्वयम् आफ्नो हक-अधिकारप्रति सचेत नहुनु आदि छन्। कोरियाको प्रवासी मजदूर युनियन -ःत्ग्)ले जनाएअनुसार सन् २००१ मा विवाह गरेर आएकाहरूमध्ये ७९ प्रतिशत विदेशी महिलाले सम्बन्ध-विच्छेद गरिसकेका छन्। कोरियामा विदेशी महिलाहरू घरेलु हिंसा र हेलामा पर्नुको अर्को कारण दुर्गम क्षेत्रमा बसोबास गर्ने किसान, विदुर, अपांग र पहिलो व्यवहार बिगि्रएका पुरुषहरूसँग विवाह गराइनु पनि हो। यहाँको तथ्यांक विभागकाअनुसार दक्षिण छल्लादोमा १४ दशमलव ५ प्रतिशत, उत्तर छल्लादोमा ११ दशमलव ४ प्रतिशत तथा छे जुदोमा ११ दशमलव २ प्रतिशत वैवाहिक जीवन बिताइरहेका विदेशी महिला छन्।
कोरियामा एकातिर विभिन्न गरिब मुलुकका महिला घरेलु हिंसाका कारण जर्जर जीवन बिताइरहेका छन् भने अर्कातिर स्थानीय सरकारले बहुसांस्कृतिक विकासको नाममा १२ सय म्यारिज ब्युरोमार्फत अन्तर्राष्ट्रिय विवाहलाई प्रोत्साहित गरिरहेको छ। यसरी सरकारी स्तरमै यसलाई प्रोत्साहित गर्नुको मुख्य कारण भनेको घट्दो जनसंख्याप्रतिको चिन्ता नै हो। विश्वमा सबैभन्दा कम जन्मदर भएका राष्ट्रमध्ये कोरिया अग्ा्रस्थानमा छ। कोरियास्थित ग्ा्रामीण आर्थिक संस्था -प्च्भ्क्ष्) ले जनाएअनुसार हाल प्रतिमहिला जन्मदर शहरी क्षेत्रमा १ दशमलव ०२ र ग्रामीण क्षेत्रमा १ दशमलव ५४ मात्र छ। यही क्रममा जनसंख्या घट्दै जाने हो भने ३ सय वर्षपछि कोरियाको जनसंख्या ५० हजार मात्र हुनेछ। यस्तो स्थितिमा 'जनसंख्या नै शक्ति हो' भनेर राम्रोसँग बुझेका चलाख कोरियनहरूले गरिब दुःखी देशका महिलालाई जनसंख्या उत्पादन गर्ने दास बनाउन त खोजिरहेका छैनन् ? भन्ने प्रश्न पनि उठिरहेको छ।
एउटा कुरा के सत्य हो भने प्रेम सर्वभौम हुन्छ। यसको सीमा जात, रंग, वर्ण र वर्ग हुँदैन। कुनै नेपाली नारीले कुनै विदेशी पुरुषसँग प्रेम विवाह गर्छिन् भने त्यसलाई कुनै नियम र सामाजिक परिधिले बाँध्नु हँँदैन, तर सांस्कृतिक विनिमयको नाममा म्यारिज ब्युरोहरूले नेपाली चे लीको यौवनमा कमिसन खाएर कलंक निम्त्याउने र समाजमा खलल पुर्याउने काम गर्नु हुँदैन। एउटा दृष्टिले हेर्ने हो भने त्यस्ता म्यारिज ब्युरोहरूले शिष्ट रूपमा मानव व्यापार गरिरहेका छन्। कोरियामा नेपाली महिलाहरूले भोगेको कष्ट दिल्ली र मुम्बईका कोठीहरूमा नेपाली चेलीले पाएको कष्टभन्दा कम छैन। copy right from ....kantipur saptahik
No comments:
Post a Comment