
एन्ड्रोइडको पछिल्लो भर्सन आइसक्रिम स्यान्डबीच अपरेटिङ सिस्टमयुक्त यो सेटलाई एक भव्य कार्यक्रमबीच आईएमएसका प्रबन्ध अध्यक्ष दीपक मलहोत्रा, प्रमुख कार्यकारी अधिकृत विशाल आचार्य र मिस नेपालकी र्फट रनर अप नगमा श्रेष्ठले सार्वजनिक गरे ।
कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङले अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गरेको एक महिनापछि यो सेट नेपाली बजारमा भित्रिएको हो ।
सुरुमा कम्पनीले एनसेलसँगको सहकार्यमा किस्ताबन्दीमा यो सेट सर्वसाधारणलाई उपलब्ध गराउनेछ । तीन सातापछि नगदमा ग्राहकले यो सेट किन्न सक्ने प्रमुख कार्यकारी आचार्यले बताए । उनले त्यतिखेरै यसको बजार मूल्य तोक्ने बताए पनि आईएमएसले ६९ हजार रुपैयाँमा सेट बेच्ने तयारी गरिरहेको बुझिभएको छ । यसअघि ३ सयवटा सेट अगि्रम बुक भइसकेको उनले जानकारी दिए ।
एप्पलको आइफोनसँग प्रतिस्पर्धा गरिरहेको सामसुङले यसमा बिल्कुलै नयाँ सुविधा ल्याएको छ । यसमा ४.८ इन्चको ठूलो एचडी एमोलेड स्त्रिmन छ । प्रयोगकर्ताले हेरुन्जेल यसको स्त्रिmन बन्द हुँदैन ।
अनुहार चिन्ने सफ्टवेयर भएकाले प्रयोगकर्तालाई हेरेर सेट आफैं अनलक हुन्छ । एस भ्वाइसको सुविधा भएको यो सेटले प्रयोगकर्ताको आवाजअनुसार काम गर्न सक्छ । प्रयोगकर्ताले 'प्ले म्युजिक' भन्नासाथ यसमा गीत बज्न थाल्छ । फोन उठाउन कुनै की थिच्नु पर्दैन । फोन आएपछि कानतिर लाने बित्तिकै फोन उठ्छ ।
यसमा आठ मेगापिक्सेलको क्यामेरा छ । १.४ गिगाहर्ज प्रोसेसर भएको सेटमा क्वाड कोर एक्सिनोस प्रोसेसर छ । सेटमै १६ जीबी स्टोरेज रहेकामा विस्तार गरेर ६४ जीबीसम्म बनाउन सकिन्छ ।
उपभोक्ताले एनसेल प्रो पि्रमियम सर्भिसअन्तर्गत मासिक ६ हजार ४ सय ९९ रुपैयाँ तिरेर किस्ताबन्दीमा यो सेट लिनसक्ने सेट सार्वजनिक कार्यक्रममा जानकारी दिइयो ।
प्रकाशित मिति: २०६९ असार १४ १०:०९ kantipur NEWS
No comments:
Post a Comment