Wednesday, July 4, 2012

इजरायलमा ८० हजार नेपालीलाई रोजगारी सम्भावना' नयाँ संयन्त्र द्वारा लैजाने


अजय शर्मा
 
काठमाडौँ, असार १९ गते। नेपालका लागि वैदेशिक रोजगारको अर्को सुरक्षित गन्तव्य इजरायल हुने भएको छ। इजरायल सरकारले ८० हजार नेपाली युवालाई घरेलु कामदारका रूपमा रोजगार दिने जनाएको छ।घरेलु कामदारका रूपमा इजरायल नेपालीका लागि राम्रो आम्दानी हुने अर्को उपयुक्त विकल्प बन्ने निश्चित भए पनि इजरायलको रहनसहन, त्यहाँ बोलिने हिब्रु भाषा र कार्यदक्षता भने जरुरी हुने विज्ञहरूले बताएका छन्।
वैदेशिक रोजगारका लागि नेपाली कामदारलाई इजरायल लैजान नयाँ संयन्त्र निर्माण गर्न नेपाल सरकारसँग अन्तिम चरणमा छलफल भइरहेको इजरायली राजदूत हनान गोदरले जानकारी दिनुभयो। राजधानीमा मङ्गलवार कूटनीतिक पत्रकारहरूसँगको भेटघाटमा उहाँले सो जानकारी दिनुभएको हो।
"इजरायल गएका नेपाली कामदार इमानदार, लगनशील र कर्तव्यनिष्ठ भएको पाएका छौँ। त्यसैले पनि आगामी दिनमा कृषि तथा घरेलु कामदारको सङ्ख्या बढाउने सोचमा छौँ। हाल आठ हजार नेपाली इजरायलमा कामदारका रूपमा कार्यरत छन्, हामी ८० हजारसम्म नेपाली कामदारलाई रोजगारी दिनसक्ने अवस्थामा छौँ। त्यसका लागि सुरक्षित र पारदर्शी प्रक्रियाको खोजीमा छौँ"- राजदूत गोदरले भन्नुभयो।
उहाँले सन् २००९ देखि नेपाली कामदार इजरायल लैजाने प्रक्रियमा केही समस्या र अनियमितता भएकाले सुरक्षित र पारदर्शी प्रक्रियाको खोजीमा रहेको बताउनुभयो। राजदूत गोदरले नेपालीलाई घरेलु कामदारका रूपमा इजरायल लैजाने नयाँ प्रणाली आगामी दुई महिनाभित्र शुरू हुने जानकारी दिनुभयो।               गोरखा पत्रबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।