Sunday, July 15, 2012

यौनपिपासु बाबुले आफ्नै ११ वषर्सीया छोरीलाई ,,,,,,

प्रेम बास्तोला/नयाँ पत्रिका
सुनसरी, २९ असार
रक्सीको उन्मादमा एक यौनपिपासु बाबुले आफ्नै ११ वषर्ीया छोरीलाई पटक-पटक बलात्कार गरेको रहस्य खुलेको छ । ६ वर्षको उमेरदेखि यौनजन्य कार्य गर्दै आएका निर्दयी ती बाबुले घरमा आमा नभएको मौका छोपी दुई पटकसम्म यौनसम्पर्क गरेपछि पीडा सहन नसकेपछि छोरीले नै घटना सार्वजनिक गरेकी छन् । घटना सार्वजनिक हुनासाथ आमाकै उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले यौनपिपासु बाबु ३५ वषर्ीय पूर्ण लिम्बूलाई शुक्रबार पक्राउ गरेको छ ।

इटहरी-४ डेरा गरी बस्ने लिम्बू इटहरी बजारको जयनेपाल होटलमा कुकका रूपमा कार्यरत थिए ।

 उनकी श्रीमती भने दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएकी थिइन् । तीन सन्तानका बाबु पूर्णले घरमा आमा नभएको मौका छोपेर कसैलाई भने मारिदिने धम्की दिएर दुईपटक यौनसम्पर्क गरेको शुक्रबार इलाका प्रहरी कार्यालय परिसरमा भेटिएकी ११ वषर्ीया पीडित छोरीले बताइन् । 'म ६ वर्षको हुँदादेखि मेरो स्तन खेलाउने र योनीमा औला छिराउने गथ्र्यो । उसको मोबाइलमा राखेको ब्लुफिल्म देखाएर यस्तै गर्नुपर्छ भन्दै मलाई सिकाउँथ्यो । मैले हँुदैन भन्दै प्रतिकार गर्थें,' उसले मार्ने धम्की दिएपछि चुपचाप सहेर बसेकी हुँ,' पीडित छोरीले बताइन् ।

बिहीबार छोरीले खाना खाने समयमा पटक-पटक बान्ता गर्नुका साथै पेट दुख्यो भन्दै रोएपछि फकाएर सोधी-खोजी गर्दा बाबुले गरेको कर्तुत सबै बेलीविस्तार लगाएको बालिकाकी आमाले बताइन् । 'यस्तो पापी होला भनेर मैले सोचेकी पनि थिइनँ । नाबालिका छोरीमाथि गरेको पाप सहने खालकै छैन । यस्ता यौनपिपासुलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्छ । त्यही भएर म आफैँ आएर प्रहरी कार्यालयमा उजुरी दिएकी हुँ,' उनले भनिन् । उनले यस्ता पापीलाई मृत्युदण्डको सजाय दिँदा पनि फरक नपर्ने बताइन् । 'श्रीमान्को होटलको कमाइले मात्र तीन सन्तानलाई पढाउन र खुवाउन मुस्किल भएपछि म पनि दैनिक ज्यालादारीमा काम गर्न थालेँ । श्रीमान्लाई नै आर्थिक हिसाबले सहज होस् भन्ने ठानेर छोराछोरीलाई खाना खुवाएर स्कुल पठाएर काममा जान्थेँ । राम्रैसँग घर व्यवहार चलिरहेको थियो । बेलुका प्रायः रक्सी पिएरै आउँथे । दिनभरि काम गरेको मान्छे थकान लागेर पिए होला भन्दै चुपचाप सहन्थेँ । तर, उसको उद्देश्य त अर्कै रहेछ,' बालिकाकी आमाले भनिन् । कक्षा ५ मा पढ्दै आएकी छोरीको पढाइ पनि राम्रैसँग अगाडि बढेको उनले बताइन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक सागर थापाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा यौनपिपासु बाबुले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । छोरीको स्वास्थ्य परीक्षणका लागि शुक्रबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

स्वास्थ्य परीक्षणको रिर्पोट आउनसाथ कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक थापाले बताए । यसैबीच महिला र बालबालिकाको अधिकारका क्षेत्रमा कार्यरत समानता नेपाल इनरुवा तथा नयाँ संसार इटहरीले यौनपिपासु बाबुलाई हदैसम्मको कानुनी कारबाही गर्न प्रहरी प्रशासनसामु माग गरेका छन् ।
नयाँ पत्रिकाबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।