Saturday, July 21, 2012

अपरिचित व्यक्तिले तपाईसँग साइनो गाँस्दैछ भने होसियार

६ साउन, काठमाण्डौं । बजारमा निस्किएका बेला अपरिचित व्यक्तिले तपाईसँग साइनो गाँस्दैछ भने होसियार रहनुस् । उसले तपाइको गहना र पैसा लुट्नका लागि साइनो गाँसेको हुनसक्छ । राजधानीमा आमा, बुबा, दाई, भाउजुजस्ता साइनो लगाएर गहना र पैसा लुटेर भाग्ने गिरोह सक्रिय भएको छ ।



प्रहरीका अनुसार राजधानीमा विगत केही दिनयता आफन्तको साइनो लगाउँदै सातवटा लुटपाटका घटना भएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । शुक्रबार दिउँसो टुकुचा तरकारी बजार अगाडी हिड्दै गरेकी रामप्यारी श्रेष्ठसँग अपरिचित व्यक्तिले ‘आमा कता जान लाग्नुभयो’ भन्दै कुरा गर्न थाल्यो । अपरिचित व्यक्तिले आफन्तले जस्तै आत्मिय रुपमा बोलेको देखेर रामप्यारी पनि उनीसँग बोल्न व्यस्त भईन । सोही मौकामा ति अपरिचित व्यक्तिले लठ्याउने औषधि सुँघाएर बेहोस बनाई आधा तोलाको सुनको मुन्द्रा र दुइहजार रुपैयाँ लुटेर भागेको छ । सिनामंगलमा बिहीबार एक महिलाको गहना लुटियो भने असार २९ गते पनि एक बृद्धा लुटिएकी छन् ।

यस्ता घटनाका उजुरी दिनप्रतिदिन आईरहेकाले यस्ता घटना रोक्न सर्वसाधारण नै सचेत हुनुपर्ने महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रबक्ता डीएसपी धीरजप्रताप सिंहले अपरिचित व्यक्तिले राम्रो साइनो लगाएको सून्दैमा उसको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ  onlinekhabar बाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।