Friday, July 6, 2012

साँचो प्रेमलाईर् कसैले पनि रोक्न सक्दैन भन्ने प्रमाण दुर्गालाल र पूर्णदेवी श्रेष्ठको प्रेमले बताउँछ 

दुर्गालालले घरमा सल्लाह गरे तर जात नमिलेको भन्दै दुर्गाका अभिभावकले पूर्णलाईर् भित्र्याउन मानेनन् । आफ्नो खुट्टामा उभिन नसकेकाले दुर्गाले पूर्णलाईर् भगाउने आँट पनि गरेनन् । त्यसपछि पूर्णको अर्कै युवकसँग धुमधामसँग विवाह भयो । उनलाईर् पनि भोजको निम्तो आयो । मुटुमाथि ढुंगा राखेर उनी भोजमा सामेल भए । उनले दाइजोका रूपमा चाँदीको प|mेममा भैगो तिमी जाने भए यति कुरा सुनिजाऊ, गएसम्म कतै ठक्कर नखाऊ, पुगेसम्म तिम्रो जय होस् भन्ने नेवारी गीत लेखेर सजाए ।






'त्यसरी प्रेम गरेकै थिइन, जसरी प्रेम बस्न पुग्यो । एउटै टोलमा बस्दा-बस्दै कतिखेर प्रेम भयो थाहा भएन । सहज हुँदाहुँदै पनि हाम्रो प्रेम मेरै सांस्कृतिक संकीर्णताले बांगिन पुग्यो । प्रेम गर्छु भन्न नसक्दा वा विद्रोह गर्न नसक्दा उनको विवाह अर्कैसँगै भयो । यो दुःखको अनुभव गरिरहेकै बेलामा मैले अचानक सुनंे, उनी त श्रीमान्को घरमा नर्फकने गरी माइती आइन् रे । आफूले दुर्गासँग प्रेम गरेकाले प्रेम नगरेको बेहुलासँग जीवन बिताउन सक्दिन भनेर उनी फर्किछन् । 

म धर्मसंकटमा परें । साथीहरूले विवाह गरेकी तर घर नबसेकी त्यही युवतीसँग विवाह गर्ने सल्ल्ााह दिए । त्यही सल्लाहअनुसार मैले उनलाईर् आफ्नी बनाएर घर भित्राएँ । आजभन्दा ५० वर्षअघिको समाजमा एउटी विवाहित युवतीलाईर् घर भित्राउँदा कस्तो संघर्ष गर्नुपर्‍यो, त्यसको कल्पना मात्र गर्न सकिन्छ । तर त्यो संघर्ष अहिले सम्झँदा रमाइलो लाग्छ । त्यसयता हाम्रो दाम्पत्य जीवन बिनाअवरोध चल्दैछ । अब त बुढेसकाल पनि लाग्यो । त्यो संघर्ष यही बूढीका लागि गरियो भनेर गर्व पनि लाग्छ ।' 

साँचो प्रेमलाईर् कसैले पनि रोक्न 

सक्दैन भन्ने प्रमाण दुर्गालाल र पूर्णदेवी श्रेष्ठको प्रेमले बताउँछ । ५५ वर्षअघि आँखा जुधाउँदा बसेको प्रेम यति लामो होला भन्ने दुवैले कल्पना पनि गरेका थिएनन् । संस्कृतिविद् दर्शनदास श्रेष्ठकी बहिनी पूर्णलाईर् दुर्गालालले पहिलो पटक उनकै घरमा देखेका थिए । दुर्गालालले लेखेका गीतलाईर् दर्शनदासले संगीत भर्ने योजना बनाएका थिए । यही कामको सिलसिलामा दुर्गालाल दर्शनदासको घर जाँदा उनीहरूका आँखा जुधेका थिए । त्यसबेला आजको जस्तो केटा र केटी कुरा गर्ने वातावरण थिएन । एक नजरमा माया बसेको यो जोडीले एक-अर्कालाईर् आँखाकै भरमा चित्त बुझाउनुपथ्र्यो । एउटै टोलका यी दुई विपरीतलिङ्गी नजानिँदो तरिकाले आकषिर्त भए । 

दुर्गालाल पूर्णलाईर् हेर्न साथी भृगुरामको घरमा पुग्थे । किनभने भृगुरामको बरन्डाबाट पूर्णको क्रियाकलाप राम्रोसँग देख्न सकिन्थ्यो । उनको आकर्षण र मायामा दुर्गालालले सयौं गीत लेखे । दुर्गालालले मन पराएको देखेर पूर्णले आफ्ना एकजना साथीमार्फत् आफूलाईर् माग्न पठाउने सल्लाह दिइन् । दुर्गालालले घरमा सल्लाह गरे तर जात नमिलेको भन्दै दुर्गाका अभिभावकले पूर्णलाईर् भित्र्याउन मानेनन् । आफ्नो खुट्टामा उभिन नसकेकाले दुर्गाले पूर्णलाईर् भगाउने आँट पनि गरेनन् । त्यसपछि पूर्णको अर्कै युवकसँग धुमधामसँग विवाह भयो । उनलाईर् पनि भोजको निम्तो आयो । मुटुमाथि ढुंगा राखेर उनी भोजमा सामेल भए । उनले दाइजोका रूपमा चाँदीको प|mेममा भैगो तिमी जाने भए यति कुरा सुनिजाऊ, गएसम्म कतै ठक्कर नखाऊ, पुगेसम्म तिम्रो जय होस्) भन्ने नेवारी गीत लेखेर सजाए । त्यही गीत दाइजो पाएपछि उनकी प्रेमिका विवाह घर बस्न सकिनन् । उनी माइती र्फकदा दुर्गालालले दिएको त्यही चिनो साथमा लिएर फर्किएकी थिइन् । 

उमेरको हिसाबले ७३ नाघेकी, शरीर चाउरिएकी तथा पाइला टेक्दा ठाउँमा नपर्ने दुर्गालाल जीवनसाथी पूर्णदेवीलाईर् निकै माया गर्छन् । पूर्णलाईर् देख्दा भर्खरै बैसमा लागेको महसुस हुने उनी बताउँछन् । दुर्गालाललाईर् अहिले जीवनसाथीको खुट्टा दुखेर हिँड्न कठिन भएकोमा चिन्ता छ । निकै समझदार र सहनशील श्रीमती पाएकोमा दुर्गालाल आफूलाईर् भाग्यमानी मान्छन् । विवाहका केही वर्ष कुनै कुरा नमिल्दा झगडा भए पनि हिजोआज उनीहरूबीच माया मात्रै साटासाट हुन्छ । सबै सन्तान हुर्किएर आ-आफ्नो बाटोमा लागेपछि फेरि उनीहरू एकान्तका प्रेमी-प्रेमिका भएका छन् । 
nari   बाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।