Friday, July 27, 2012

फेसबुकमा यस्तो चाहिँ नगरौँ अ्राबस्यक टिप्स्




सबुकमा तपार्इँ के-के गर्नुहुन्छ? पाएसम्म सबै थोक। धेरैको उत्तर यस्तै हुन्छ। तर, फेसबुकको अम्मलीहरूले प्रमुख कुरा यस्ता छन् :
जथाभावी फ्रेन्ड रिक्वेस्ट
फेसबुक प्रयोगकर्ताहरू नचिनेका मानिसलाई साथी बनाउँछन्। कतिपयले भने नयाँ फ्रेन्ड रिक्वेस्ट पाउँदा ऊसँग तपार्इँले चिनेका एक जना पनि साथी नभएको हुनसक्छ। जथाभावी साथी बनाउनेमा युवतीहरू अगाडि छन्। यसले उनीहरूलाई समस्यामा पार्न सक्छ। जथाभावी फ्रेन्ड रिक्वेस्ट पठाउनेहरूको नियत नराम्रो पनि हुन सक्छ। विदेशमा गरिएको एक अध्ययनअनुसार १० फ्रेन्ड रिक्वेस्टमा सात अपरिचितको हुने गर्छ।

छिनछिनमै अपडेट
फेसबुक र ट्वीटर दुई फरक सामाजिक सञ्जाल हुन्। फेसबुकले तपार्इँको मनमा के छ भन्ने प्रश्न गरेको हुन्छ भने ट्वीटरले तपाइँ के गरिरहनुभएको छ भनेर सोध्छ। ट्वीटर चलाउनेले जस्तै फेसबुक चलाउने हो भने यसले मानिसलाई दिक्क बनाउन सक्छ। ट्वीटरजस्तो १४० शब्दमा सीमित भएर फेसबुक चलाउनुपर्दैन। तर, मानिसहरू मिनेट-मिनेटमै फेसबुकमा स्ट्याटस राख्छन्। उनीहरूलाई के याद हुँदैन भने उनीहरूले पोस्ट गरेको स्ट्याटसले उनीहरूका साथीलाई दिक्क पारिरहेको हुन्छ।
नचाहिने एप्स
फेसबुकमा तपार्इँलाई चासो नहुने एप्लिकेसन्स पनि हुन सक्छन्। तपाईँ फेसबुकका गेम खेल्न चाहनुहुन्न, तर यसका एप्समा तपार्इँले आफूलाई सहभागी गराइरहेको हुन सक्नुहुन्छ। भर्चुअल रुख रोप्ने या कुनै सानो कुकर लिने रहर तपार्इँमा नहोला, तर यस्ता एप्समा क्लिक गरेपछि तपार्इँमात्र होइन, तपार्इँको पूरै सञ्जालमा तपार्इँका गतिविधि फैलिन्छ। तेस्रो पक्षबाट आउने एप्स स्पामले पनि तपार्इँको व्यक्तिगत डाटालाई चोरिरहेको हुनसक्छ।
अन्धविश्वासको जालो
सामाजिक सञ्जाल अन्धविश्वासको जालोमा पनि परिसकेको छ। सूचना-प्रविधिको यो महŒवपूर्ण माध्यमबाट अन्धविश्वास बढाउने सामग्रीको सेयर अनौठो रूपमा हुन थालेको हो। कुनै देउताको फोटो राखेर धेरै सेयर गर्न उक्साउँदै सेयर गरेमा यो प्राप्त हुने र त्यो प्राप्त हुने भनेर लेख्नेे क्रम बढेको छ।
कोही कोही बिरामी बच्चाको फोटो राखेर सेयर गरे फेसबुकले एक डलर दिन्छ भन्नेजस्ता वाहियात पोस्ट पनि सेयर गरिरहेका हुन्छन्।
मानिसहरू सोच्दै नसोची फेसबुकमा आएका फोटो या अन्य यस्तै सेयरिङ भएका पोस्टलाई थप सेयर गर्न तयार हुन्छन्। तर, न उनीहरूले कुनै फल पाउँछन्, न यसले कसैलाई फाइदा पुग्छ।
जथाभावी लाइक
फेसबुकमा तपार्इँले थुप्रैको फ्यान पेज वा अन्य यस्तै लाइक गर्ने पेज देख्नुभएको होला। प्रवर्द्धनका लागि राखिएका यस्ता पेजमा तपार्इँको इच्छाअनुसार लाइक गर्नु ठीक हो, तर अरूले राखेका सबैखाले स्ट्याटसमा लाइक गर्नेहरू कम छैनन्। जस्तो कि, कसैले स्ट्याटसमा 'मानिस बिरामी भयो, मर्‍यो, दुःख पायो' भनेर लेख्दा त्यसमा पनि लाइक गर्नेहरू भेटिन्छन्।
निजी कि सार्वजनिक?
फेसबुक चलाउने धेरैले निजी र सार्वजनिक भन्ने कुराको खासै हेक्का राख्दैनन्। आफूले राख्ने सन्देश व्यक्तिगत हो कि सार्वजनिक, छुट्याउन आवश्यक छ। राती सँगै सुतेकी पत्नीलाई फेसबुकबाट आई लभ यू भन्ने सन्देश फेसबुकमा बग्रेल्ती भेटिन्छन्। कसैले कसैलाई प्रेम गर्नु नितान्त निजी कुरा हो। यहाँ त बिहे भएको, बच्चा पाएको वा यस्तै तिथिमिति खोजेर फोटो अपलोड गर्नेको होड नै छ। परिवारको पूरै विवरण दिनु सार्वजनिक गराउँदै लैजानु हो, जुन प्रयोगकर्ताका लागि अहितकर हुन सक्छ।
विवाह, सम्बन्धका कुरा
फेसबुकका भित्तामा प्रेमी-प्रेमिकाबीच केही खटपट भयो कि स्ट्याटस आइहाल्छ। विवाह गरेको र डिभोर्सका खबर पनि आइहाल्छन्। फेसबुकका भित्तामा होइन, यो त प्रयोगकतार्काको प्रोफाइलमा राखे पुग्ने कुरा हो। खुशी हुँदा मात्तिएको र दुःख पर्दा आत्तिएको देखाउने ठाउँ बनेको छ, फेसबुक।,,,,,,Nagarik
(एजेन्सीको सहयोगमा)

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।