आजभोलि हामी फेसबुकबिना केही पनि गर्न नसक्ने भइसकेका छौ । हाम्रा हरेक दु:ख, सुखका घटना तथा साथीहरूसँग कुराकानी गर्ने राम्रो माध्यम बनेको छ फेसबुक ।
हामी आफ्ना यादगार पलहरूलाई फेसबुकमा सेयर गरेर साथीहरू माझ आफ्नो त्यो यादगार पलल बाड्छौ तर यहाँ एक युवकले फेसबुकमा एउटा यस्तो फोटो सेयर गरेका छन् जुन फोटोका कारण भारतमा आन्दोलनको चेतावनी समेत दिइएको छ भने भने उनको घर नै जलाइएको छ ।
मुम्बईमा बस्ने लक्ष्मण जानसन नामका एक युवकले फेसबुकमा शिवलिङ्गमाथी खुट्टा राखेको फोटो अपलोड गरेपछी यसको सर्वत्र विरोध भएको छ ।
हिन्दूधर्मालम्बीहरुको आस्थाको केन्द्र शिव भगवानको यस्तो अपमान गरिएको भन्दै विरोध गरिएको हो । उक्त फोटो लक्ष्मणले गत शनिबार राती फेसबुकमा अपलोड गरेका थिए र आइतबार बिहान देखी उक्त फोटोले हंगामा नै गर्न सुरू गर्यो ।
हिन्दूवादी संस्थाहरूले यसको कडा विरोध गर्दै युवकलाइ कारबाहीको माग समेत गरेका छन् । उनीहरुले सम्बन्धीत निकायलाई ज्ञापनपत्र बुझाउँदै यदी उक्त युवकलाई ३ दिनभित्र कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ भने हिन्दुहरूको मुख्य संस्थाको रूपमा परिचित शिवसेनाले उक्त युवकको घर समेत जलाइदिएको छ ।
यो फोटो देखेर हरकोही हिन्दुको रगत तातेर आउँछ । उक्त तस्विरले हिन्दू धर्मप्रति नै अवहेलना गरेको छ । यसकारण यो फोटो देख्ने जो कोही हिन्दूको मन विचलित तथा आक्रोशित हुन्छ । यसरी धर्मप्रति नै हमला गर्नु राम्रो होइन यसले धार्मिक सद्भावना नै खलबल्याउँछ ।
त्यसैले यस्ता फोटोहरू फेसबुकमा अपलोड गर्नुअघि सयौ पटक सोच्नुपर्ने हुन्छ । उनले गरेको एक गल्तिका कारण हजारौ मानिस आक्रोशित तथा आन्दोलित भएका छन् भने उनले आफ्नो बासस्थान समेत गुमाउनु परेको छ ।
त्यसैले यस्ता फोटोहरु अपलोड गर्नुभन्दा पहिले सोचेर, विचार गरेर मात्र अपलोड गर्नु पर्छ । -एजेन्सी

No comments:
Post a Comment