सुन्दरी प्रतियोगिताका नाममा मौलाउँदै विकृति ! मिस राई २०१२ प्रतियोगिताको भीत्री बास्तविकता !! किरात राई मौलिक संस्कृति केन्द्रद्धारा साउन ४ गते विहिवारका दिन राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको मिस राई २०१२ प्रतियोगितामा धाँधली भएको खुलाशा हुन आएको छ। उनीहरुले आयोजकहरुलाई कार्यक्रममा धाँधली भएको, नाताबाद भएको, आफ्नो नातेदारहरुलाई मात्र बिजेता तथा उप बिजेता को उपाधि दिएको, आयोजकहरु नै निर्णायक मण्डलमा रहेको, प्रतिस्पर्धीहरुलाई दुर्ब्यबहार गरेको, सबै प्रतिस्पर्धीहरुलाई समान व्यवहार नगरेको, जसले धेरै पैसा दिन सक्छ उसैलाई उपाधि दिएको जस्ता थुप्रै आरोप लगाएका छन्।उक्त प्रतियोगितामा मिस राई २०१२ को उपाधि युमा राई घोषित भईन भने फस्ट रंनर अप सेली राई, सेकेण्ड रनर अप श्रृजा राई घोषित बनीन् । यसैगरी प्रतियागिताको थर्ड रनर अप विडि योक्की राई घोषित बनीन् । कार्यक्रममा अन्य टाईटल अवार्ड सहभागीका विजेताहरु लाई वितरण गरिएको थियो । मिस ट्यालेन्ट अवार्ड – सेली राई, फ्रेण्डसिप अवार्ड- गोमा राई, मिस फोटोजेनि – एल्जीना राई, डिसिप्पीन अवार्ड- अरुणा राई, मिस पर्सनालीटि अवार्ड -शारदा राई, भ्युअर च्वाईस अवार्ड- मिस राई विजेता युमा राईले प्राप्त गरेकी छन् । राई जातिको समाजीक संस्था किरात राई यायोक्खाको अभिभावकत्वमा सम्पन्न प्रतियायेगिताको निर्णायक मण्डलमा सुमाया राई, लेखक राजन मुकारुङ, अभिनेता दयाहांग राई, कृषि विज्ञ मदन राई, साहित्यकार मदन लामा खुले र गायक शिव लामीछाने रहेका थिए । nayakhabar.com बाट
No comments:
Post a Comment