Thursday, July 12, 2012

अमेरिकाका राष्ट्रपति बाराक ओबामाका भाइ जर्ज ओबामा कहाँ बस्छन् होला ?


न्युयोर्क, असार २८ (एजेन्सी)- संसारकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामाका भाइ जर्ज ओबामा कहाँ बस्छन् होला ? केन्याको फोहर बस्ती (स्लम) मा!
जर्ज ओबामा र बाराक ओबामाका बाबु एउटै हुन्। ओबामाकी आमाले भने एक इन्डोनेसियालीसँग दोस्रो बिहे गरेकी थिइन्।
यत्रो वर्षसम्म गुमनाम जर्ज ओबामालाई एउटा वृत्तचित्र निर्देशकले केन्या गएर खोजेका हुन्। चुनावको वर्षमा राष्ट्रपति ओबामाको कडा आलोचना गरिएको यो वृत्तचित्रमा जर्जले भनेका छन्- मलाई ती शक्तिशाली दाजुको कुनै सहयोग चाहिएको छैन।

२०१६ : ओबामाज अमेरिका शीर्षकको यो यो वृत्तचित्र यसै साता टेक्ससको हुस्टनमा प्रिमियर हुँदैछ।

हलिउड रिपोर्टरमा राखिएको चार मिनेटको क्लिपमा भाइ ओबामाले भनेका छन्, म उनको परिवारको सदस्य हुँ, तर हुर्किसकेँ। त्यसैले मेरो बाटो म आफै रोज्छु।
जर्जसँग अन्तर्वार्ता दिनेश डिसुजाले लिएका हुन्। उनले गत वर्षको बेस्टसेल द रुट्स अफ ओबामाज रेज शीर्षकको पुस्तक लेखेका थिए। उनले नौरोबीमा गएर जर्जलाई खोजेका थिए।

पहिलो पटक वृत्तचित्रमार्फत् विश्वमा सार्वजनिक हुँदै जर्जले भनेका छन्- 'सन् १९६३ मा टुङ्गिएको बेलायती उपनिवेश शासन केही बढी समय टिकेको भए अहिले धेरै विकास भइसकेको हुन्थ्यो। उनीहरुले हाम्रो विकास गरिसकेका हुन्थे। तर हामी त लडाइँमात्रै गरिरह्यौँ। बेकारको लडाइँ। हामी तेस्रो, दोस्रो विश्व भयौँ।'
बाराक ओबामाका पिता अर्थशास्त्री र प्राज्ञ थिए। उनकी चार पत्‍नी थिइन्। ती मध्ये मानवशास्त्री एन डन्हाम राष्ट्रपति ओबामाकी आमा हुन् भने जाएल ओटाइनो जर्ज ओबामाकी आमा हुन्। जाएल पनि अहिले अमेरिकामै बस्छिन्।



आफ्ना पिताको मृत्यु आफू छ महिना कै बेला कार दुर्घटनामा भएको उनी बताउँछन्।



Nagarik News

No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।