सत्य महर्जन, काठमाडौं, असार २३- घरमा इन्टरनेट जडान गरिएको छ तर इन्टरनेट चलाउने बेलामा काम नगर्दा कत्ति रीस उठ्छ, त्यो हामी धेरैले भोगेका छौं। जहिले महत्वपूर्ण काम लिएर इन्टरनेट चलायो, त्यही बेला कि स्लो भइदिन्छ कि चल्दै चल्दैन।
घरमा इन्टरनेट हुँदाहुँदै पनि साइबर क्याफेतिर दोडिनुपर्ने हुन्छ। बनाउने मान्छे बोलाउने समय पनि हुँदैन। तर कहिलेकाहीं इन्टरनेट विज्ञ बोलाएर बनाउँदा सानो सानो कुरा मिस्टेक भएको देखिन्छ, जुन आफैंले मिलाउन सकिने हुन्छ, त्यस्तो बेला आफैं लज्जित बनिन्छ। हत्तेरिका! आज कुरा गरौं, यस्तै सानातिना इन्टरनेटमा देखापर्ने समस्या, जुन आफैं सुल्झाउन सकिन्छ।
१. केबलवाला इन्टरनेट जस्तै डायलअप, फाइबर, पिपीपीओइ राख्नुभएको छ भने त्यस्तो बेला धेरैजसो इन्टरनेटको तार लुट भएको वा निस्किराखेको हुन्छ। हामी इन्टरनेट चलेन भन्दै कम्प्युटर लगआउट गर्दै हेर्छौं र सिधै भएन भनेर आइएसपीमा फोन गरिहाल्छौं। तर मान्छे आएर हेर्दा तारै फुस्केको देख्यो भने कत्ति लज्ज्ति भइन्छ। त्यसैले केबल इन्टरनेट छ भने तार ठीक छ छैन चेक गर्नु पर्छ। यदि वाइफाइ इन्टरनेट ल्यापटपमा जडान छ भने सुरुमा ल्यापटप अन छ छैन चेक गर्नुपर्छ। कहिलेकाहीं इन्टरनेट अफ भएको थाहै नहुन पनि सक्छ।
२.हामी धेरैजसो इन्टरनेट चलेको छ छैन कुनै वेबसाइट खोलेर हेर्दा मात्रै थाहा पाउँछौं। वेबसाइट खुलेन भने इन्टरनेट नै चलेको छैन भन्नु गलत हो। एउटा वेबसाइट खुलेन भने अरु दुई तीन वटा साइट खोली हेर्नुपर्छ। कहिलेकाहीं तपाईले हेर्नुभएको वेबसाइट नै कारणवश डायन भएको हुन सक्छ। साइट नै बन्द भइसकेको अथवा तपाईंको नेटवर्कबाट नखुल्ने बनाइएको हुन सक्छ। यस्तो बेला नययनभि।अय्क, अलल।अय्क जस्ता जहाँबाट पनि खुल्ने साइटहरु पनि चेक गर्नुपर्दछ।
३.धेरैजसो घरमा परिवारका सदस्यहरु व्यक्तिगत कम्प्युटर, ल्यापटप चलाउँछन्। घरमा इन्टरनेट त एउटै हुन्छ तर चलाइने डिभाइजस धेरै हुँदा आइपी पनि एउटाभन्दा बढी हुन्छ। घरका कुनै एक सदस्यले आफ्नो कम्प्युटरमा अर्को आइपी राख्यो भने त्यतिबेला आइपी कन्फ्लिक्ट भयो भने कम्प्युटरले सचेत त गर्छ तर अरुले तपाईको आइपी चलाएको थाहा हुँदैन। त्यसैले आइपी कन्फ्िलक्ट छ छैन सधैं याद गर्नुपर्छ।
४. कम्प्युटरमा विन्डोस एक्सपी छ भने त्यसको आफ्नो फायरवाल हुन्छ। नचाहिने नेटवर्क ट्राफिक ब्लक गरेर कम्प्युटर सुरक्षित बनाउन फायरवालले मद्दत गर्छ। यसकारण सबैले धेरैजसो फायरवाल अन गर्ने गर्छौ। अझ थप सुरक्षा होस् भनेर बाहिरी सफ्टवेयरबाट पनि फायरवाल राख्छौं तर काहिलेकाहीं फायरवालले राम्ररी काम नगर्दा नचाहिने नेटवर्क ट्राफिक सबै ब्लक गरिदिन्छ र इन्टरनेट नचल्ने बनाइदिन्छ। अर्को, दुइटा फायरवाल जुध्न गई इन्टरनेट काम नगर्ने बनाइदिन्छ। इन्टरनेट नचल्दा हेर्नुपर्ने मुख्य कुरा फायरवाल पनि हो। इन्टरनेट नचले फायरवाल डिजेबल गरेर पनि चेक गर्न सकिन्छ।
५.वाइवाइ इन्टरनेट नचलेको हो भने याद राखौं, वाइफाइ इन्टरनेट एउटा निश्चित घेराभित्र मात्र चल्छ। वाइफाइ जहिले पनि कुनै एसेस प्वाइन्टको निश्चित दुरीमा मात्र काम गर्छ। तपाई वाइफाइको सिग्नल नटिप्ने ठाउँमा हुनुहुन्छ भने त्यहाँ इन्टरनेट चल्दैछ। जति एसेस प्वाइन्टभन्दा टाढा बस्छौं, त्यति नै वाइफाइको स्ट्रेन्थ कम हुन्छ। यसकारण वाइफाइ कुन ठाउँमा चल्छ याद राखौं र सधैं त्यही बसी इन्टरनेट चलाऔं।
६.वायरलेस इन्टरनेटमा आफ्नो छुट्टै डब्लुपीए अथवा डब्लुइपी जस्ता इन्वि्र्कप्सन राखिएको हुन्छ, जसले सेक्युरिटी की बिना इन्टरनेट चलाउन सकिँदैन। कसैले इन्वि्र्कप्सन की नम्बर फेरेको खण्डमा कुनै कम्प्युटरले वाइफाइ कनेक्सन देखाउँदैन। त्यसैले इन्टरनेट नचले वाइफाइको सेक्युरिटी की फेरिएको छ-छैन आइएपीलाई सोधेर मिलाउनुपर्छ।
७.घरमा इन्टरनेट जोड्दा राउटर राखेर चलाउने प्रचलन बढ्दै गएको छ। यस्ता ब्रोडब्यान्ड राउटर कहिलेकाहीं धेरै चलाउँदा तात्तिएर, धेरै अपलोड, डाउनलोड गरे अथवा बिग्रएर नचल्न सक्छ। राउटर, मिडिया कन्भर्टरमा रातो बत्ती बलेको छ छैन हेरेर आफैंले अन अफ गरी पुनः प्रयास गर्नुपर्छ।
८.अर्को महत्वपूर्ण कुरा इन्टरनेट नचल्नुपछाडि तपाईंको इन्टरनेट चलाउने म्याद नाघेको हुन सक्छ। तपाईंले इन्टरनेटको पैसा तिर्नुभएको छैन भने आइएसपीले स्वतः तपाईको कनेक्सन बन्द गर्न सक्छ। तपाईंले इन्टरनेटको दुरुपयोग गरेको पाइएमा पनि आइएसपीसँग इन्टरनेट ब्लक गर्ने अधिकार हुन्छ। यसकारण कतै तपाईलाई ब्लक त गरेको छैन भनेर हेर्नुपर्दछ र समस्या सुल्झाउन आइएसपीमा सम्पर्क गर्नुपर्छ।
९.कम्प्युटरमा भाइरस छन् भने पनि इन्टरनेट नेटवर्क कनेक्सनलाई स्लो बनाइदिन सक्छ। र ल्यापटप पनि घरिघरि नेटवर्क चेन्ज गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाँदा नेटवर्क नै करप्ड हुन सक्छ। भाइरसहरु क्लिन गर्ने र नेटवर्क कनेक्सन रिसेट गर्ने र कम्प्युटरलाई रिबुट गर्ने गरे नचलेको इन्टरनेट फेरि चल्न सक्छ।
नागरिक न्यूजबाट

No comments:
Post a Comment