माग पूरा गराउन यातायात व्यवसायी हडताल कत्तिको जायज हो ? nayakhaber.com
जेठ १४ पछि केही समय शान्त भएका सडक र गल्लीहरु फेरि आन्दोलनको थलो बनेका छन् । अर्थात केही समय विश्राम पाएको बन्दको सिलसिला फेरि शुरु भएको छ । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सुक्रबार भएको वार्ता विना निश्कर्ष टुङ्गिएपछि आज पनि सार्वजनिक यातायातका साधन चलेका छैनन । सरकारी प्रतिनिधि र ब्यवसायीबीच सिंहदरवारमा भएको वार्तामा सहमति बन्न नसकेपछि आज पनि सर्वसाधारणले सास्ती ब्यहोनु परेको छ । दुबै पक्षले आ—आफ्नो अडान राखेपछि सरकारी पक्षले गृहकार्य गरेपछि मात्र पुन वार्तामा बस्ने भनेपछि वार्ता बिना निश्कर्ष टुङ्गिएको हो ।ब्यवसायीहरुले आफ्ना माग पूरागर्न सरकार गम्भीर नभएको भन्दै सुक्रबारबाट मुलुकभर अनिश्चितकालकालागि सार्वजनिक यातायातका साधन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सार्वजनिक यातायातका साधन संचालन नभएपछि आज देशभरको जनजीवन प्रभावित भयो ।
राजधानी लगायत देशका मुख्य शहरहरुमा उल्लेख्य रुपमा नीजि सवारी साधन चले पनि सार्वजनिक यातायातका साधनमा यात्रा गर्नेहरु हिडेरै काममा जान बाध्य भएका छन् । विगतमा अरुले बन्द गर्दा विरोध गर्ने यातायात ब्यवसायीहरु आफै बन्दमा उत्रिएपछि जनताले सास्ती ब्यहोर्नु परेको हो ।
ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार तथा ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिसन रकमसम्बन्धी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राखेर यातायात ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । ब्यवसायीहरुले सामाजिक सुरक्षा ब्यवस्था र बिमा नीति लागु तथा यातायात मन्त्रालय गठन गनुपर्ने लगायतका माग पनि राखेका छन् ।।एक रिपोर्ट -Video:Imagechannels:
No comments:
Post a Comment