Saturday, August 11, 2012

झुप्रोबाट सुरु भएको उनको यात्रा यतिखेर त्यसका १० वटा शाखामा विस्तार


काठमाडौं, श्रावण २६ - लक्ष्मण न्यौपानेले १४ वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर होटल सिद्धार्थको सुरुआत गरेका थिए । सानो झुप्रोबाट सुरु भएको उनको यात्रा यतिखेर त्यसका १० वटा शाखामा विस्तार भएको छ ।
आफ्नो अभियानमा दाजुभाइ, आफन्त र साथीभाइलाई समेत सामेल गर्दै उनले सिद्धार्थ नामलाई 'सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी' नामक समूहमा रुपान्तरण गरेका छन् । यतिखेर समूहले सञ्चालन गरेका होटल ररेस्टुरेन्ट मा ५० करोडभन्दा बढी लगानी पुगेको उनी बताउँछन् । उनका अनुसार सिद्धार्थका सबै शाखाहरूमा ६ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।


सिद्धार्थ ग्रुपले बिहीबार आफ्नो दसौं शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ । सिद्धार्थ ग्रुपले १४ वर्षअघि कैलालीको टीकापुरबाट सुरु गरेको होटल एवंरेस्टुरेन्ट व्यवसाय फस्टाउँदै यो अवस्थामा आएको हो । भारतमा काम गर्दै आएका उनी २०५६ सालमा स्वदेश फर्केर होटल को सुरुआत गरेका थिए । 'सानो झुप्रोमा होटल खोलेको थिएँ,' उनले सम्झिए, 'भारतमा काम गर्दाको अनुभव र दाजुको किराना पसल चलाएको अनुभव समेटेर थालेको अभियान यहाँसम्म आइपुगेको हो ।' यतिखेर समूहका राजधानीमा तीनकुने, धोबिघाट, सुन्धारा र पुरानो बानेश्वर गरी ४, नेपालगन्ज कैलाली र बुटवलमा २/२ होटल / रेस्टुरेन्ट सञ्चालनमा छन् । समूहले मुख्य सहरहरू सबै ठाउँमारेस्टुरेन्ट खोल्ने तयारी गरेको छ ।
उनले सन् २०१५ भित्र काठमाडौं र पोखरामा ३ तारे स्तरका होटल बनाउने तयारी सुरु गरिसकेको बताए । सन् २०१३ को सुरुमै सञ्चालनमा ल्याउने गरी कैलालीको चिसापानीमा (कर्णाली पुल नजिक) २२ कोठाको होटलबनिरहेकेा उनले बताए । 'मुलुकको अवस्था छिट्टै सुधि्रए हामी नयाँ स्थानमा शाखा खोल्दै जानेछौं,' अध्यक्ष न्यौपानले भने, 'यही अवस्था रहे लगानी थप्न गाह्रो हुन्छ ।' टीकापुरबाट सुरु भएको शाखा खोल्ने अभियान राजधानीसम्म आएको जानकारी दिँदै त्यसलाई अब पूर्वतिर विस्तार गर्ने बताए ।
सिद्धार्थको सफलताको जस उनी कामदारलाई बढी दिन्छन् । त्यसैले उनले नयाँ स्थानमा शाखा खोल्दा कामदारलाई लगनी गर्न हौस्याउने गरेका छन्् । 'सिद्धार्थका अधिकांश शाखामा कामदारको लगानी छ,' उनले भने, 'त्यसले उनीहरूलाई आफ्नो भन्ने अनुभूति दिलाउँछ । उनले नयाँ ठाउँमा शाखा खोल्दा स्थानीय बासिन्दालाई समेत साझेदार बनाउने गरेको बताए । सिद्धार्थले खानामा गुणस्तरलाई ध्यान दिएकाले ग्राहकको मन जित्दै गएको उनको दाबी छ । 'हामीले हरेक शाखामा खानाको गुणस्तरलाई पहिलो प्राथमिकता दिएका छौं,' उनले भने, 'हरेक स्थानमा रहेका व्यवस्थापकको पहिलो काम गुणस्तर हेर्ने हुन्छ ।' सिद्धार्थले ठाउँ अनुसार मेनुमा भने सामान्य परिवर्तन गरेको छ । 'कणर्ालीको चिसापानी आसपास माछाका परिकारलाई प्राथमिकता दिएका छौं,' उनले भने, 'कैलालीमा स्थानीय जातको खसीको मासु (मटन) मुख्य रूपमा खुवाउछौं ।' उनले बुटवल, काठमाडौं लगायत स्थानमा रहेका शाखामा भने एकै प्रकारको मेनु रहेको बताए । नेपालीको रेस्टुरेन्ट जाने संस्कृतिलाई सिद्धार्थले पछ्याएको उनको भनाइ छ । त्यस्ता ग्राहकको गन्तव्य सिद्धार्थ बन्ने उनले दाबी गरे । kantipur.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।