Thursday, August 9, 2012

३० बर्ष भन्दा कम उमेरका महिला बैदेशिक राजगारीमा जान नपाउने !






काठमाडौं, साउन २५ । सरकारले साउदी अरेबिया लगायत खाडी मुलुकमा कामदारका रुपमा ३० बर्षभन्दा कम उमेरका नेपाली महिलाले जान नपाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले खाडी मुलुकमा गएका नेपाली महिला कामदारले यौनजन्य तथा अन्य विभिन्न यातना भोग्नु परेकाले सरकारले खाडी मुलुक जाने महिलाको उमेर ३० बर्षभन्दा बढि हुनुपर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री यादवले परिपक्वताको लागि यस्तो निर्णय गरिएको जानकारी दिए ।
त्यस्तै मन्त्रीपरिषदको बैठकले अफ्रिकी देश मडागास्करमा अलपत्र परेका नेपाली कामदारको उद्धारको खर्च सरकारले ब्यहोर्ने निर्णय पनि गरेको छ ।
लामो समयदेखि मडागास्करमा अलपत्र परेका उनीहरुलाई परराष्ट्र मन्त्रालय मार्फत उद्धार गरिने पनि मन्त्री यादवले बताए ।
naya khaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।