Tuesday, December 11, 2012

विश्‍व कीर्तिमान राख्‍न खोज्दा झंदै जलेर ज्यान गएन (फोटो फिचर)

तनहुँ, मंसिर २६ - आगोले बल्दै गरेको गोठ भित्र मोटरसाईकल चलाएर विश्व कीर्तिमान राख्ने क्रममा तनहुँमा २ जना युवा आगोमा जलेर गम्भीर घाइते भएका छन् । नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शम्सेरवहादुर लम्साललाई कीर्तिमान राख्न सहयोग गर्ने क्रममा बाँसले बनाईएको १ सय ५० मिटर लामो सुरुङ्ग जस्तो गोठभित्र २ जना युवा जलेका हुन् । जलेर घाइते हुनेमा व्यास(१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास ११ दमौली बस्दै आएका २९ बर्षीय सुमित थापा रहेका प्रहरीले जनाएको छ । मोटरसाईकलमा चढी गोठ भित्र आगो लगाउँदै गरेका उहाँहरु एक्सासी चारै तर्फबाट सल्केको आगोमा परेका प्रत्याक्षदर्शीले बताएका छन् । दमौली अस्पतालमा प्राथमिक उपचार पछि घाइते दुवैलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । आगोमा युवा जल्दाका केही तस्विर, तस्विर सौजन्य : कृष्ण न्यौपाने


butwalonline.com 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।