डिसीनेपाल डटकमको शाखा काठमाडौँमा सोमबार साँझ धरौटी वापतको रकम पदमका भिनाजु भीम भारतीलाई हस्तान्तरण गरिएको छ । पदमका भिनाजु भिम पदम बारे के भन्छन् त भिडियोमा
भिडियोः लुइटेल दिनेश साथमा रकम लिदै कुँवरका भिनाजु भीम भारती, डिसीनेपाल काठमाडौँ इन्चार्ज प्रिया रिजाल र समाचार प्रमुख टेनिस रोका ।
Press Release
डिसीनेपाल डटकम संवाददाता – प्रचण्डलाई झाप्पु हान्ने पदम कुँवरले जेलबाट छुट्न तिर्नेपर्ने धरौटीको रकमका लागि डिसीनेपालले २८ हजार रुपैयाँ सहयोग गरेको छ ।
लामो समय देखि अमेरिकाको नासा (National Aeronautic and Space Administration (NASA), Earth Observing Mission Division, Gaddard, Maryland USA)मा कार्यरत नेपाली इन्जिनियर तथा डिसीनेपाल डटकमका सञ्चालक रामहरी सुवेदीले अमेरिकाबाट २८ हजार रुपैयाँ धरौटी वापतको रकम सहयोग गरेका हुन् । नेताहरुले जनतालाई ढाँटीरहने, गरेका वाचाहरु पूरा नगर्ने, शान्ति सुरक्षा नदिएको तथा संविधान पनि नबनाएको अवस्थामा दिक्दार भई नेताहरुलाई सजग गराउन कुँवरले झापड हानेको र अहिले २८ हजार तिर्न नसक्दा उनी जेल चलान हुन बाध्य भएपछि सहयोग स्वरुप सुवेदीले उक्त रकम सहयोग गरेका हुन् । डिसीनेपाल डटकमको शाखा काठमाडौँमा सोमबार साँझ धरौटी वापतको रकम पदमका भिनाजु भीम भारतीलाई हस्तान्तरण गरिएको हो । डिसीनेपालका सञ्चालक सुवेदीले कुँवरले झापड हान्नु गल्ति भएपनि नेताहरुबाट वाक्कदिक्क भएर उक्त काम भएकाले नेताहरुलाई शान्ति र संविधानमा प्रतिवद्ध हुन समेत आग्रह गरेका छन् । मंसिर १ गते राजधानीको भृकुटीमण्डपमा एकीकृत माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा बाग्लुङका पदम कुँवरले अध्यक्ष प्रचण्डलाई एक झाप्पु हानेका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले पदमलाई २८ हजार धरौटी तिर्न नसक्दा जेल चलान गराइएको खबर सार्वजनिक भएपछि सुवेदीले कुँवरलाई जेलबाट मुक्त गर्न धरौटी वापतको रकम दिएका हुन् । copyright from DC Nepal

No comments:
Post a Comment