सञ्चिता घिमिरे÷राजधानी
ललितपुर, २२ मंसिर
युवतीलाई विभिन्न अश्वासन बाँडी विवाह गरेका युवकहरू बच्चा जन्मिएपछि श्रीमतीलाई छाडेर बेपत्ता हुने क्रम बढ्न थालेको छ । भूmटो ठेगाना दिएर विवाह गरेका युवकहरू श्रीमतीलाई वास्तविक ठेगाना नै नभनी बच्चा जन्मिएपछि अलपत्र छाडेर बेपत्ता हुने गरेको पाइएको हो । सहरमा बस्ने अशिक्षित र विपन्न परिवारमा यस्ता घटना हुने गरेको पाइएको छ । पाटनमा बसोबास गर्दै आएकी नैना दाहालका श्रीमान् तीन महिनादेखि बेपत्ता छन् । श्रीमान्को खोजी गर्न उनी महिला आयोगदेखि मन्त्रालय हँुदै विभिन्न अधिकारवादी संस्था पनि पुगिन् ।
बच्चा जन्मिएपछि बेपत्ता श्रीमान्को अझै टुंगो लागेको छैन । काममा गएका उनका श्रीमान्ले चार दिनपछि घर आउने खबर गरे । तर, खबर गरेको चार दिनसम्म पनि नआएपछि श्रीमान्को नम्बरमा नैनाले सम्पर्क गरिन् । ‘भोलि आउँछु भनेर म्यासेज गरेका थिए, नआएपछि श्रीमान्को नम्बरमा फोन गर्दा उसको जेठी श्रीमती र छोराले फोन उठाएर बानेश्वरमा सडक दुर्घटनामा परेर मृत्यु भएको बताए,’ नैनाले भनिन् । श्रीमान्को मृत्युको खबरपछि प्रहरीकहाँ बुझ्दा त्यो दिन कुनै पनि दुर्घटना भएको रहेनछ । ‘त्यो नम्बर अहिले उसको श्रीमतीसँग छ र ऊ मृत्यु भइसकेको कुरा दोहो¥याइरहेकी छे,’ नैनाकी भाउजू कल्पना केसी भन्छिन् ।
त्यसो त काभ्रेकी संगीता तामाङको कथा पनि नैनाको भन्दा फरक छैन । काम खोज्न तीन वर्षअघि उनी काठमाडांै आएकी हुन् । साथमा बस्दै आएका दाजु विदेश गएपछि परिवारसँग सल्लाह नै नगरी उनले सिन्धुपाल्चोक घर बताउने एक युवकसँग विवाह गरिन् । बच्चा जन्मिनु एक महिनाअघि एकाएक उनको पनि श्रीमान् बेपत्ता भए । ‘सामान्य झगडापछि घरबाट निस्कनुभएको थियो, अहिलेसम्म पत्तो छैन,’ तामाङ भन्छिन् । बच्चा जन्मिने थाहा पाएदेखि नै आपूmसँग झर्को व्यवहार गर्ने गरेको बताउने तामाङको श्रीमान् कहाँ के गर्छन्, अझै अत्तोपत्तो छैन । काम गर्न नसक्ने समयमा श्रीमान् बेपत्ता भएपछि उनी सहाराविहीन अवस्थामा पुगेकी छन् । सहारा र खर्चविहीन अवस्थामा उनले काभ्रे पुगेर साथीको घरमा बच्चालाई जन्म दिइन् ।
श्रीमान्ले भनेको ठेगानाअनुसार उनी सिन्धुपाल्चोक पुगिन् र ठेगानासमेत पत्ता लगाइन् । तर, उनका श्रीमान् त्यहाँ थिएनन्, न त उनीसँग विवाहको कुनै प्रमाण नै थियो । अन्ततः उनी रित्तो हात फर्किइन् । लंैगिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान जारी रहेका बेला बच्चा जन्मिएपछि श्रीमान् बेपत्ता हुने क्रमबारे भने कसैले चासो दिएका छैनन् । बच्चाका कारण श्रीमान् बेपत्ता भएकाहरू उजुरी लिएर सरोकारवाला संघ÷संस्थामा धाइरहे पनि आफूहरूको कतै सुनवाइ नभएको उनीहरू बताउँछन् । राजधानीमा मात्रै दर्जनौं महिलाहरू आफूलाई छाडेर बेपत्ता भएका श्रीमान्को खोजी गर्दै गरेका सडक–सडकमा भेटिन्छन् । केही बुझेका महिलाहरू प्रहरी वा महिलाका क्षेत्रमा काम गर्ने भनिएका गैरसरकारी संस्थाहरूसमेत पुग्ने गरेका छन् । तर, अधिकांश महिलाहरू भने आर्थिक अभावले गर्दा न्याय खोज्नसमेत सकिरहेका छैनन् । आफूसँग विवाहको केही महिनामै श्रीमान्ले छाडेको भन्दै धेरै महिलाहरू आउने गरेको पीडित महिला संरक्षण संघकी अध्यक्ष उत्तरीकुमारी लामा बताउँछिन् ।
‘बच्चा हुनुभन्दा केही महिना पहिले वा केही समयपछि छाड्ने हुनाले महिला समस्यामा पर्ने गरेका छन् । यस्ता पुरुषहरू कि त विवाहित हुने गरेका छन् वा अर्की महिलासँग विवाह गर्ने मनसायमा हुने पाइएको छ,’ उनले भनिन् । केटाबाहेक परिवारका अरू सदस्यहरू नचिन्ने हुनाले पनि पीडितलाई न्याय दिन गाह्रो पर्ने उनी बताउँछिन् । भन्छिन्, ‘केटा मात्र चिनेर विवाह गरेको हुनाले पनि समस्या थपिएको हो ।’ उनीहरूमध्ये कतिपय विदेश जानाले पनि खोजीमा समस्या परेको उनले बताइन् राजधानि दैनिकबाट साभार
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तारादेवी बस्नेत दोलखा, जेठ १३ – भूकम्पपीडितका आवास निर्माणको लागि सहयोग गर्न खटिएका इन्जिनियरहरु २०७२ बैशाख २८ गतेदेखि गाउँमा छन् । दोलखा...
-
दोलखाको सेरोफेरो, चैत्र ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि...
-
अति प्रभावित वर्ग 'क' को फारम प्रभावित बर्ग 'ख' को फारम न्यून प्रभावित बर्ग 'ग' को फारम उक्त आआफ्नो वर...
-
भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्ष...
-
चरिकोट- भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सेनाको एक टोली दोलखा आउने भएको छ । नेपाली सेनाको रणभीम गण चरिकोटका अनुसार सुन्...
No comments:
Post a Comment