Friday, December 14, 2012

पाँचथरमा बालविवाह गर्ने बेउला बेउली सहित अफन्त पक्राउ see video

उमेर नपुगी विवाह गरेको आरोपमा एक जोडी पक्राउ पाँचथर,मंसिर २९ । उमेर नपुगी विवाह गरेको आरोपमा एक जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । स्थानीय वाल क्लबको पहलमा सदरमुकाम फिदिमको पल्लोटारका धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमला र पाँचथर लुम्फाबुङ गाविसका नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रालाई प्रहरीले पक्राउ गरेको हो । मंसीर १४ गते घरवाट भागेर विवाह गरेका राजन र सुमित्राविरूद्ध वालविवाह गरेको भन्दै जिल्ला वाल क्लव सञ्जालले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नेपालको कानुन अनुसार विहे गर्नका लागि केटाको उमेर २० वर्ष र केटीको १८ वर्ष पूरा भएको हुनुपर्छ । see video

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।