Saturday, January 12, 2013

कुरी हुँदै कालिञ्चोक पुग्दा (फोटो फिचर)


शब्द/तस्वीर : रामगोपाल तमखु

जति उकालो चढे पनि नपुग्ने, हेर्दा नाकजस्तै टाढो उकालो हेर्दा शीरमा लगाएको टोपी नै खस्लाजस्तो देखिने । त्यहाँ पुग्ने कसरी भन्ने चिन्ता जो कोहीलाई लाग्छ कालिन्चोकको कुरी पुगेपछि । कालिञ्चोक भगवती मन्दिर परिसरमा पुग्दाअघिको उकालो तथा थकानको अनुभूति नै हुँदैन । त्यहाँबाट आफ्नै आँखअगाडि हिमालको मनोरम दृश्य देखेपछि थकान तत्काल हराउँछ ।
करिब चार हजार मिटर उचाइमा अवस्थित दोलखाको कालिञ्चोक भगवती हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको गन्तव्यस्थलका रुपमा परिचित छ । अग्लो स्थानमा भएका कारण लेक लाग्ने सम्भावना पनिउत्तिकै रहेको हुन्छ ।
यात्राको क्रममा शुरुदेखि नै विभिन्न प्रजातिका बोट विरुवा तथा चट्टानहरु देख्न सकिन्छ भन्ने गुराँस फुल्ने मौसममा राताम्य र सेताम्य गुराँसहरु देख्न पाइन्छ । काठमाण्डौदेखि चरीकोटसम्म बाटो पीच भएका कारण यात्राको थकान त्यति अनुभव हुँदैन । तर, चरीकोटदेखि कुरीसम्म करीब पन्ध किलोमिटर कच्ची बाटो भएकाले यात्रा दुखदायी हुन सक्दछ । बाटो कच्ची मात्रा नभएर उकालो भएका कारण पनि यात्राका अलि कष्टकर हुन सक्छ ।



कुरीसम्म यात्रु तथा भक्तजनलाई बास बस्न तथा खानपानको राम्रो ब्यवस्था छ । त्यसभन्दा माथि करीब एकघण्टाको यात्रा पश्चात कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । मन्दिरभन्दा केही तल ढुंगाले बनाएका सिँढीहरुको यात्रा निकै रोमान्चकारी हुने गर्छ । केही भक्तजन उकालो चढ्न नसकेर हातले टेक्दै यात्रा गरिरहेका भेटिन्छन् ।
















जब माथि पुगिन्छ, अनि हिमाल आफ्नै आँखा अगाडि मात्र नभई पहाडहरु भन्दा आफु माथि उभिएको अनुभूति हुने गर्छ । कोहीकोही आफु हिमालभन्दा माथि पुगेको अनुभूति गर्दै खुसीले उफ्रिरहेका भेटिन्छन् । कालिञ्चोक भगवती मन्दिरमा वली समेत चढाउने भएकाले यो क्षेत्रमा भाकल गर्नेको उपस्थिति उल्लेख्य रुपमा रहने गरेको छ ।



























































































































































onlinekhaber  

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।