Monday, February 18, 2013

दोलखामा चोरि भएका अ्राजसम्मको सामान प्रहरि जवानको कोठामा


रमेश खतिवडा, दोलखा, फागुन ७ - प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डसमेत रहेका प्रहरी जवान खेमराज प्रजाको डेराकोठाबाट प्रहरीले भिमेश्वर नगरपालिकामा विगत छ महिनादेखि चोरी भएका एक ट्रक सामान बरामद गरेको छ।चरिकोट बजार क्षेत्रका झण्डै ५० वटा पसलमा विगत छ महिनाको अन्तरालमा चोरी भएका थिए। चोरी आतंक बढेपछि असई रञ्जन अवाको नेतृत्वमा विशेष कार्यदल गठन गरी अनुसन्धान गरिएको थियो। अनुसन्धान टोलीले आज बिहान भिमेश्वर नगरपालिका मानेडाँडास्थित खेमराजको डेरामा छापा मार्दा चोरीका सामान बरामद भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ओम अधिकारीले बताए। 

चोरीका सामान बरामद भएको खबर पाएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा आफ्नो सामान चिन्न भिड लागेको छ। 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।