नेपाल सरकार, गृह मन्त्रालयले २०७० साल वैशाख १ गतेदेखि २०७० साल चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयहरूलाई देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय
निर्धारण गर्ने निर्णय गरेको छ ।
१. वर्षभरिका शनिवार विदा ः
(क) वैशाख – ७,१४,२१,२८ (४ दिन) (ख) जेठ – ४,११,१८,२५ (४ दिन)
(ग) असार – १,८,१५,२२,२९ (५ दिन) (घ) साउन – ५,१२,१९,२६ (४ दिन)
(ङ) भदौ – १,८,१५,२२,२९ (५ दिन) (च) आश्विन– ५,१२,१९,२६ (४ दिन)
(छ) कात्तिक – २,९,१६,२३ (४ दिन) (ज) मङ्सिर – १,८,१५,२२,२९ (५ दिन)
(झ) पौष – ६,१३,२०,२७ (४ दिन) (ञ) माघ – ४,११,१८,२५ (४ दिन)
(ट) फागुन – ३,१०,१७,२४ (४ दिन) (ठ) चैत – १,८,१५,२२,२९ (५ दिन)
जम्मा ः ५२ दिन
२. पर्व बिदाहरु ः
(क) नववर्ष, वैशाख १ गते आइतबार ।
(ख) किराँत राई लिम्वू जातिको उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), जेठ ११ गते शनिबार
।
(ग) जनै पूर्णिमा, रक्षावन्धन (ऋषि तर्पणी) भाद्र ५ गते बुधबार ।
(घ) गौरापर्व भदौ १२ गते बुधवार ।
(ङ) इस्लाम धर्मावलम्वीहरूको पर्व ईद (इदुल्ल फित्र) का दिन ।
(च) छठ पर्व कात्तिक २३ गते शनिबार ।
(छ) इस्लाम धर्मावलम्वीहरूको पर्व बकर ईद (इदुल जोहा) का दिन ।
(ज) नेपाली सिख धर्मावलम्वी सरकारी कर्मचारीहरूलाई गुरु नानक जयन्ती मंसिर २ गते आइतबार
।
(झ) किराँत जातिको उधौली पर्व, योमरी पुन्हि–ज्यापु दिवस (मंसिर पूर्णिमा,धान्य पूर्णिमा) पौष २ गते
मंगलबार ।
(ञ) इसाई धर्मावलम्वीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ तारिख) पौष १० गते बुधबार ।
(ट) तमूल्होसार पौष १५ गते सोमबार ।
(ठ) माघी पर्व एवम् छन्त्याल जातिको राष्ट्रिय पर्व माघ १ गते बुधबार ।
(ड) सोनमल्होसार माघ १७ गते शुक्रबार ।
(ढ) महाशिवरात्री, फागुन १५ गते विहिबार ।
(ण) हिमाली आदिवासी शेर्पाहरूले मनाउने घ्याल्पोलोसार फागुन १८ गते आइतबार ।
(त) अन्तर्राष्ट्रिय महिला दिवस, (मार्च ८) फागुन २४ गते शनिबार ।
(थ) फागुपूर्णिमा, चैत्र २ गते आइतबार र देहायका जिल्लाहरूमा चैत्र ३ गते सोमबार ।
जिल्लाहरूको नाम
१. झापा ६. उदयपुर ११. बारा १६. दाङ
२. मोरङ्ग ७. धनुषा १२. पर्सा १७. वाँके
३. सुनसरी ८. महोत्तरी १३. नवलपरासी १८. बर्दिया
४. सप्तरी ९. सर्लाही १४. रुपन्देही १९. कैलाली
५ सिरहा १०. रौतहट १५. कपिलवस्तु २०. कञ्चनपुर
(द) सिरुवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा,मोरङ्ग,सुनसरी, सिराहा र सप्तरी जिल्लामा ।
(ध) धवथाम्वु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरूमा स्थानीय विदा ।
३. महिला कर्मचारीहरूको लागि मात्र ः
(क) हरितालिका (तीज), भाद्र २३ गते आइतबार ।
(ख) ऋषि पञ्चमी, भाद्र २५ गते मंगलबार ।
(ग) जितिया पर्व आश्विन ११ गते शुक्रबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) ।
४. शिक्षण संस्थाहरूको लागि मात्र ः
वशन्त पञ्चमी, माघ २१ गते मंगलबार ।
५. जात्रा विदा (काठमाडौं उपत्यकालाई मात्र) ः
(क) गाईजात्रा, भाद्र ६ गते विहिबार ।
(ख) इन्द्रजात्रा, आश्विन २ गते बुधबार ।
(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन ।)
(घ) घोडेजात्रा चैत्र १६ गते आइतबार ।
६. दशैं बिदा ः
(क) घटस्थापना, आश्विन १९ गते शनिबार ।
(ख) आश्विन २५ गते शुक्रबारदेखि आश्विन ३० गते बुधबारसम्म (पूmलपातीदेखि द्वादशीसम्म) ।
(ग) कोजाग्रत पूर्णिमा, कार्तिक १ गते शुक्रबार ।
७. तिहार बिदा ः
(क) लक्ष्मीपूजा, कार्तिक १७ गते आइतबार ।
(ख) गोवर्धन पूजा, म्ह पूजा, नेपाल सम्वत् कार्तिक १८ गते सोमबार ।
(ग) भाइटीका, कार्तिक १९ गते मंगलबार ।
८. दिवस बिदा ः
(क) लोकतन्त्र दिवस बैशाख ११ गते बुधबार ।
(ख) विश्व मजदुर दिवस, (मे १) बैशाख १८ गते बुधबार ।
(ग) गणतन्त्र दिवस, जेष्ठ १५ गते बुधबार ।
(ग) निजामती सेवा दिवस, भाद्र २२ गते शनिबार (विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत समेत
निजामती कर्मचारी, अदालत तथा संवैधानिक निकायका कर्मचारीहरूलाई मात्र )
(घ) अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, (डिसेम्वर ३) मंसिर १८ गते मंगलबार (नेपाल भित्रका सम्पूर्ण अपाङ्ग
कर्मचारीहरूको लागि) ।
(ङ) शहीद दिवस, माघ १६ गते विहिबार ।
(च) राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन ७ गते बुधबार ।
९. जन्म जयन्ती बिदा ः
(क) रामनवमी (राम जयन्ती), बैशाख ६ गते शुक्रबार ।
(ख) वुद्ध जयन्ती, जेठ ११ गते शनिबार ।
(ग) श्रीकृष्ण जन्माष्टमी, भाद्र १२ गते बुधबार ।
१०. विदेश स्थित नेपाली नियोगहरूले सम्वन्धित मुलुकका सार्वजनिक विदाहरूलाई समेत दृष्टिगत गरी
बढीमा १८ दिनसम्म सार्वजनिकविदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने ।
११. सट्टा विदा ः
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर व्रिगेड, टक्सार, रेडियो नेपाल,
नेपाल टेलिभिजन, नेपाल सरकार मुद्रण विभाग, हुलाक, आकाशवाणी आदि जस्ता रोजना र आकस्मिक
सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले सार्वजनिक विदाका दिनमा समेत काम काज गर्नु
पर्ने हुँदा त्यस्ता कार्यालयहरूमा दैनिक काम नरोकिने गरी सार्वजनिक विदाका दिन काम गरेवापत
प्रचलित कानूनको रीत पु¥याई सट्टा विदा वस्न पाइने ।
१२. कार्यालय हाजिर हुने र छुट्ने समय ः
(क) नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरूमा शुक्रवार बाहेक माघ १६ गतेदेखि कार्तिक १५
गतेसम्म विहान १०ः०० बजे हाजिर भई अपरान्ह ५ः०० बजे छुट्ने र कार्तिक १६ गतेदेखि माघ
१५ गतेसम्म विहान १०ः०० बजे हाजिर भई अपरान्ह ४ः०० बजे छुट्ने ।
(ख) शुक्रबारको दिन विहान १०ः०० बजे हाजिर भै अपरान्ह ३ः०० बजे छुट्ने ।
द्रष्टव्य ः
(क) “आधा दिन” भन्नाले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म तीन महिनाको लागि १ः०० वजे
र माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म दिनको १.३० वजेसम्म सम्झनु पर्छ ।
(ख) सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा असर नपर्ने गरी कार्यालय समयको १ बजेदेखि २
वजेसम्म खाजा खाने समय कायम गरिएकोछ । http://moha.gov.np//uploads/news/file/bida-070_20130210080837.pdf
No comments:
Post a Comment