Thursday, February 7, 2013

नदेखि फोनमा नै बिबाह , दुलहा मलेसिया दुलहि घर खोज्दै भित्रिन

२५ माघ, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाविसस्थित घिमिले गाउँका एक दम्पतीले विदेशमा रहेको आफ्नो छोरालाई श्रीमान बनाउन आएको युवतीलाई बुहारी बनाएर भित्र्याएका छन् । १९ बर्षका छोरा गुञ्जराज मगरलाई श्रीमान् मान्न तयार केराबारी २ मोरङकी २० बर्षकी युवती पुजा मगरलाई मानेभञ्ज्याङ २ घिमिलेका डोरबहादुर मगर र हस्तमाया मगरले छोराको अनुमितमा बुहारी मानेर भित्र्याएका हुन् । दुई बर्षदेखि रोजगारीका सिलसिलामा मलेसिया पुगेका गुञ्जराज र पूजाबीच एक बर्षदेखि मोबाइलमा कुराकानी हुँदाहुँदै प्रेम बसेपछि दुबैको सहमतिमा पूजा गुञ्जराजको घरमा बुहारी बन्न आएकी गोरखापत्र दैनिकमा खबर छ । घर सोद्धै आएपछि उनलाई परिवारको सल्लाह अनुसार नै बुहारी बनाएर राख्ने निर्णय भएको छिमेकी एवं स्थानीय घिमिले निमाविका प्रधानाध्यापक रामबहादुर राईले बताउनुभयो । फोनमा कुरा भएपछि घर गएर बस्ने सहमति भएर आएको गुञ्जरामले नै परिवारलाई बताएकाले बुहारी बनाउन परिवार सहमत भएको पनि राईको भनाई छ। यो परम्परागत रुपमा गरिने विवाहको क्रम भंग र नयाँ शैलीको शुरुवात पनि हो, उहाँले भन्नुभयो । माघ २ गते नै युवती केटाको घर खोज्दै आएपछि उनलाई केटाको परिवारले बुहारी मानेर भित्र्याएको हो ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।