Sunday, March 3, 2013

११ दिनपछि पारस शाहको होस खुल्यो (स्वास्थ्यमा सुधार)

काठमाडौं,फागुन १९ । हृदयघात भएपछि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको होस खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उहाँलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । हृदयघात भएपछि पारसलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादा बेहोस उहाँको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए । गैर आवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले उपलब्ध गराएको अस्पताल बिज्ञप्ती अनुसार उहाँको शरीरका अंगहरु सक्रिय हुन थालेका छन् । बुधबार उहाँको मुटुको धमनी बन्द हुँदा चिकित्सकलजे क्रितिम यन्त्रको सहायताले फुलाएका थिए । शनिबार उहाँको पेटबाट रक्तश्राप सुरु भएको थियो भने आइतबार मात्रै चिकित्सले त्यसलाई नियन्त्रणमा लिन सफल भएका थिए । स्थिर रहेको उहाँको तापक्रममा सुधार आएको छ । उहाँलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी गरिएको छ see video

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।