Sunday, May 26, 2013

पतिलाई अस्वीकार गरी देवरसँग विवाह !

१२ जेठ, राजविराज । परस्त्रीसँग पतिको सम्बन्ध रहेको विषयलाई लिएर उत्पन्न विवादपछि घर छाडेकी भाउजूसँग देवरले बिहे गरेको सुन्दा अनौठो लाग्न सक्छ । तर, सप्तरीमा यस्तै
घटना भएको छ । भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत निवासी ३५ बर्षकी आशाकुमारी साह तथा विराटनगर उपमहानगरपालिका १२ बस्ने ३० बर्षका विकास साहबीच स्थानीय भगवती मन्दिरमा भएको बिहे अहिले चर्चाको विषय बनेको छ । उनीहरु नातामा देवर भाउजु पर्छन् । एक महिनाअघि मात्र विकासका सहोदर दाजु विशालसँग आशाको बिहे भएको थियो । बिहे भएको १०/१५ दिनपछि नै आशाले पति विशालको अर्कै युवतीसँग गहिरो प्रेम सम्बन्ध रहेको थाहा पाएकी थिइन् । पति विशाललाई निक्कै सम्झाउने प्रयास गरे पनि असफल भएपछि आशा घर छाडेर माइत बस्दै आएकी थिइन् ।
यसैबीच, देवर विकासले आशासँग बिहे गर्ने प्रस्ताव उनको अभिभावकसमक्ष पठाउका थिए । सो प्रस्तावमा आमाबुबा सहमत भएपछि शनिबार राजविराजस्थित भगवती मन्दिरमा दुबैबीच बिवाह सम्पन्न भएको राजधानी दैनिकमा खबर छ । विशाल विवाहमा अनुपस्थित रहेपनि उनका आमा बुबा भने विवाहमा उपस्थित थिए । भाउजूको व्यवहारबाट आफू निकै प्रभावित भएकाले दाजुसँग सम्बन्ध बिगि्रए पनि आफूले बिहे गर्ने इच्छा देखाएको र सो पूरा भएकामा निकै खुसी लागेको विकासले प्रतिक्रिया दिएका छन् ।
यता, आशाले विशालको चालचलन राम्रो नभएको तथा परस्त्रीसँग सम्बन्ध रहेकाले उनलाई त्याग गरेको बताइन् । विकासको व्यवहार र चालचलन राम्रो भएकाले बिहेको प्रस्ताव स्विकारेको जनाउँदै आशाले भनिन् ‘विकाससँग आफ्नो बैबाहिक सम्बन्ध सुमधुर रहनेमा ढुक्क छु ।’onlinekhaber

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।