Saturday, May 18, 2013

यैान सम्बन्धिको बिभिन्न देशमा अनैाठो कानुन


मोटरसाइकलमा बन्देज

बेलायतमा सेक्समाथि कुनै नियन्त्रण त छैन । त्यहाँको सेक्ससम्बन्धी कानुन आफैँमा अनौठो छ । यो कानुनअनुसार मोटरसाइकलमा सेक्स गर्नु अपराध हो । यसका कारण जेल सजाय हुन सक्छ । त्यसैले समस्या आउनुअघि नै यस कानुनबारे ध्यान राख्नुहोस्, किनकि यसो गर्दा तपाई समस्यामा त पर्नुहुन्छ नै, तपाईंको आनन्द पनि भंग हुन्छ ।

आमाबाबुलाई सजाय

हवाईमा अठार वर्षभन्दा कम उमेरकी किशोरीसँगै रहनु गैरकानुनी हो । तर, यो नियमको विचित्रको कुरा के छ भने नियम उल्लंघन गरिएमा किशोरीसँगै बस्ने पुरुषलाई होइन, किशोरीका आमाबुबालाई सजाय दिइन्छ । विवाहअघि आफ्नी छोरीलाई स्वतन्त्र राखेको सजायस्वरूप उनीहरूले तीन वर्ष श्रम शिविरमा बिताउनुपर्छ ।

जुवा खेल्न मनाही

भनिन्छ कि कुनै पनि काम राम्ररी गर्न एकपटकमा एउटै काम गर्नुपर्छ । एस्टोनियाको कानुनले 'एक पन्थ दो काज' हुने काम गर्न अनुमति दिँदैन । उत्तरी युरोपको बाल्टिक क्षेत्रमा रहेको यो देशको कानुनमा यौन क्रियाकलाप गर्दै हुनुहुन्छ भने जुवा खेल्न मनाही गरिएको छ । यसको अर्थ हो कि तपाईं जुवा मात्रै खेल्नुहोस् कि त सेक्स मात्रै गर्नुहोस् ।

स्त्रीलाई छुट, पुरुषलाई बन्देज

यो त हामी सबैलाई थाहा छ कि सेक्स पुरुष र नारी जातिबीच हुन्छ । त्यो पनि एकै प्रजातिबीच । त्यो मानिस-मानिसबीच होस् या पशु-पशुबीच । तर, विकृति त सबै ठाउँमा देखिन्छ नै ।
लेबनानमा कुनै पुरुषले स्त्री पशुसँग पनि सेक्स गर्न सक्छ । तर, उसले पुरुष पशुसँग सेक्स गरेको पाइएमा मृत्युदण्डको
सजाय हुन्छ ।

आमाले हेर्नैपर्ने

कोलिम्बियाको परम्परा वा कानुन निकै अचम्मको छ । यहाँ एउटा महिलाले केवल आफ्नो पतिका साथ मात्र सेक्स गर्न सक्छिन् । अरूसँगको सेक्स दण्डनीय छ । त्यति मात्रै होइन, महिलाले जब पहिलोपटक आफ्नो पतिसँग सेक्स गर्छिन्, त्यतिवेला उनकी आमा पनि कोठामा हुनुपर्छ र उनीहरूले सेक्स गरेको हेर्नुपर्छ । अब यो त कोलम्बियाकै जोडीले बताउन सक्छन् कि कुनै व्यक्तिको उपस्थितिमा उनीहरू कसरी सेक्स गर्छन् होला या उनीहरूको अनुभूति कस्तो होला ?

हत्या गर्न अनुमति

उफ ! यस्तो पनि कुनै कानुन हो । हङकङमा निकै कडा कानुन छ, सेक्सबारे । यहाँ कुनै महिलाको पति उसलाई धोका दिएर अरू कुनै महिलासँग यौनसम्बन्ध स्थापित गर्छ भने यस्तो स्थितिमा महिलालाई कानुनी रूपमा नै पतिको हत्या गर्ने अधिकार छ ।

सिसामा हेरेर उपचार

उपचार या सर्जरीका क्रममा कुनै पनि चिकित्सकले जाँचका लागि बिरामीको कुनै पनि अंग हेर्न सक्छन् । तर, बहराइनको कानुन भने अलि अलग छ । यहाँ पुरुष चिकित्सक कुनै पनि महिलाको उपचार गर्न सक्छन् र बिरामीको गुप्तांग पनि हेर्न सक्छन् । तर, त्यस्ता अंग सीधै भने हेर्न पाउँदैनन् । त्यस्ता अंग हेर्न सिसाको प्रयोग गर्नुपर्छ र सिसामा हेरेर नै उपचार गर्नुपर्छ ।

भेडाको मासु खान नपाइने

मध्यपूर्वका देशमा आफूले सेक्स गरेको भेडाको मासु खानु महापाप मानिन्छ । निश्चितै हो कि त्यहाँ कोही पनि पापको भागीदार बन्न चाहँदैनन् । किनकि, मासु खानका लागि अर्को भेडा खोज्न नसक्ने कुरा छ र ?

दुईवटा मात्र भाइब्रेटर

महिला र पुरुष दुवैका लागि आजकाल सेक्ससम्बधी अनेक उपकरण्ा छन् । जसको मद्दतमा विनायौनसाथी यौनसन्ुतष्टि लिन सकिन्छ । तर, अमेरिकाको एरिजोनामा दुईभन्दा बढी भाइब्रेटर्स (यौनसाधन) राख्न मनाही छ । त्यसो गर्नु कानुनको उल्लंघन मानिन्छ ।नयाँ पत्रिकाबाट

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।