Monday, May 6, 2013

हस्तमैथुनको बारेमा केहि महत्वपर्ण जानकारिहरू



पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा महिलाहरूले केही कम गर्ने भए पनि उनीहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ।
भगांकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सायद सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो। यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउने सकिन्छ। चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन्।
योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख विधि हो। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुर्पछ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा आफूलाई आनन्द पाउने स्थान योनिमा खोज्न सकिन्छ, जुन सामान्यता योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी (pubic bone) र पाठेघरको मुखको बीचतिर हुन्छ। यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाका लागि स्तनलाई पनि प्रयोग गर्ने देखाएका छन्। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै। यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याइ यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा vibrators (भाइब्रेटर) भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन्।  copied ...
Dr. Subodh Pokharel

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।