Wednesday, May 22, 2013

चाहिने जति सफ्टवेयर फ्रि

डाउनलोडडटकमडटएनपी
मर्कन्टाइल कम्युनिकेसनले सञ्चालनमा ल्याएको यो वेबसाइटमा इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, विण्डोज र्सर्भिस प्याक, पीडीएफ रीडर, सेक्युरिटी टुल, फन्टहरु, वेब तथा एसक्यूएल डेभलोपमेन्ट टुलहरु साथै नेपाली फन्ट, नेपाली यूनिकोडका कीबोर्ड, लेआउट साथै नेपाली टाइप सिक्नका लागि सहयोगी सफ्टवेयर टाइपशाला यसमा पाउन सकिन्छ। यो वेबसाइट यहाँबाट जानुस्
वर्ल्डलिंक डाउनलोड पेज
वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो वेबसाइटबाट नै उपभोक्ता एवं इन्टरनेट प्रयोगकर्ताका लागि विभिन्न सफ्टवेयर निशुल्क डाउनलोड गर्ने व्यवस्था मिलाएको छ। यसका लागि उसको डाउनलोड पेजमा जानुपर्छ। जहाँ नेटवर्किङ देखी इन्टरनेट ब्राउजर, एन्टीभाइरस, एन्टीभाइरस अपडेट, मेसेन्जर, डाउनलोड मेनेजर, एफटीपी क्लाइन्ट, पीडीएफ रीडर, सीडी डीभीडी टुल, मल्टिमिडिया लगायतका वर्गमा निशुल्क सफ्टवेयर राखिएका छन्। यसबाट सफ्टवेयर डाउनलोडका लागि यहाँ जानुहोस्।
त्यसका लागि विभिन्न वेबसाइटले सफ्टवेयरले गर्ने कामको आधारमा वर्गीकरण सहित फ्रि डाउनलोडका लागि राखिदिएका हुन्छन्। यस भन्दा अगाडी नेपालमार् सभर भएका वेबसाइटहरुमा भएका फ्रि मा उपलब्ध सफ्टवेयरहरुका बारेमा हेरिसक्नुभयो। जसमा रहेका सफ्टवेयरहरुमा विविधताको कमी थियो। यहाँ चर्चा गरिएका वेबसाइटमा चाहिँ ती भन्दा पनि बढि सफ्टवेयरहरु फ्रिवेयर अर्थात निशुल्क वितरणका लागि  राखिएका सफ्टवेयर पाउन सकिन्छ।
फाइल हर्स
माइक्रोसफ्ट वीण्डोज र म्याक अपरेटिङ सिस्टममा चल्ने सफ्टहरु को एउटा ठूलो र व्यवस्थित संग्रहको रुपमा रहेको यो फाइल हर्समा तपाइँ दैनिक नयाँ सफ्टवेयरहरु थपिएको पाउन सक्नुहुन्छ। यसले गुणस्तरमा बढी जोड दिएको बताउँछ। फाइल हर्स आफूल राम्रा र गुणस्तरका सफ्टवेयरहरु मात्र डाउनलोडका लागि उपलब्ध गराउने दाबी गर्छ। त्यसो त यसमा पनि सफ्टवेयरका पुराना र नयाँ दुवै संस्करण पाउन सकिन्छ। यसको डिजाइन नै यसको विशेषता हो यसमा सफ्टवेयरका बारेमा प्राविधिक जानकारी साथै परिवर्तन र टीप्पणीहरु पनि पाउन सकिन्छ। एक जीबी कनेक्सनको तिब्र गतीमा डाउनलोड हुने खालका र्सभर रहेको यसको दाबी छ। तपाइँ यसबाट स्पाइवेयर वा भाइरसको खतराबिना नै सफ्टवेयरहरु पाउन सक्नुहुन्छ। यसले सामाजिक सञ्जाल र आरएसएस फीड साथै इमेलबाट तपाइँलाई नयाँ संस्करणका सफ्टवेयरबारे जानकारी गराउँछ। यसमा जान यहाँ  क्लिक गर्नुहोस्।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।