Sunday, June 2, 2013

अग्रेंजी सिकाउने सफ्टवेयर, "नि:शुल्क डाउनलोड गर्नुस्"

- अग्रेंजी लेखन भर्खरै सिक्दै हुनुहुन्छ तरपनी निर्धक्क साथ चै लेख्न सकिरहनु भएको छैन । अनलाईनमै बसिबसी अग्रेंजी लेखन सुधार गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ भने तपाईको लागी मेरो कलम डटकमले उत्कृष्ठ सफ्टवेयरको जानकारी लिएर आएको छ ।अग्रेंजी सिक्दै गरेकाहरु मात्रै हैन , जानकारहरुले लागी पनी यो सफ्टवेयर निकै महत्वपुर्ण छ । अनलाईनमा वसेर लेखिरहदा निकै सटकटमा लेखिरहेका हुन्छौ । आफैले लेखेको च्याट कहिल्यकाही आफैले वुझिरहेको हुईदैन । ट्वीटरमा त झन १ सय ४० अक्षर मात्र लेख्न मिल्ने भएकाले जानीजानी नै संक्षेपमा लेख्न वाध्य भईरहेका हुन्छौ ।


एक दिन हैन दुई दिन हैन वर्षदिन नै सटकटमा लेख्दै गर्दा कतै अग्रेंजी, सट्याङरेजी भईरहेको अनुभुती गरिरहुनभएको त छैन ?  अग्रेजी लेखन खत्तमै भएर त विग्रिसकेन ? कसरी पुर्न: ईन्टरनेटमै बसि बसी सहजै अग्रेंजी लेखन सुधार गर्ने त ? ढुक्क हुनुस्, तपाईको अग्रेंजी सुधार गर्नजिन्जर तयार छ । :)



के हो जिन्जर ? 
जिन्जर अग्रेंजी शुद्धाशुद्धि गर्ने सफ्टवेयर हो । यसले स्पेलिङ करेक्सन मात्रै हैन ग्रामरपनी सच्चाईदिने काम गर्छ । निशुल्क डाउनलोड गर्न मिल्ने यो सफ्टवेयर डेक्सटपका साथै  मोवाईलमा पनी प्रयोग गर्न सकिन्छ । यो डाउनलोड गरेपछि जतिपनी अग्रेंजी लेखन छ विग्रिएको ठाउँमा हाईलाईट गरेर सच्चाईदिने  काम गर्छ । जस्तो तपाई फेसवुकमा अग्रेंजीमा स्टाँटस लेख्दै हुनुहुन्छ भने मिस्टेक भएको ठाउँमा हाईलाईट गर्ने काम गर्छ र विकल्पमा सहि चै यो हो भनेर सुचित गर्ने गर्दछ । 


Dont Miss : गर्व गर्नैपर्ने कुरा "नेपालीले बनाए उत्कृष्ट एप्स"


अनि डाउनलोड गर्ने हैन ?  
अरु सफ्वेयर डाउनलोड गरेजस्तो दुई चार स्टेप सम्म क्लिक पनी गर्नुपदैन । एकै क्लिकमा डाउनलोड गर्न सक्नुहुन्छ । जिन्जर प्रयोगको लागी भने ईन्टरनेट कनेक्ट अनिवार्य छ । करिव ३ महिनादेखी यो सफ्टवेयर म आफुले पनी प्रयोग गर्दै आएकोले जिन्जर प्रती आभारी छु । तपाईपनी डाउनलोड गर्न सक्नुहुन्छ ।  डाउनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोला ।


                                 भिडियो हेर्नुभयो भने झनै प्रश्ट हुन सक्नुहुन्छ 

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।