Friday, May 31, 2013

चरिकोट आएका १६ बहिरा विद्यार्थी आर्थिक अभावमा अलपत्र ।


चिरञ्जीवी मास्के
०७० जेष्ठ १७
चरिकोट\जिल्लाको बिभिन्न ठाँउबाट उचित शिक्षाको लागि सदरमुकाम चरिकोट आएका १६ जना बहिरा विद्यार्थीहरु आर्थिक अभावको कारण समस्यामा परेका छन् । दोलखा बहिरा संघको सक्रियतामा भाँडाको एउटा घरमा बसेर पढिरहेका उनीहरुलाई खान र बस्ने घर भाँडा समेत तिर्न कठिनाई भै रहेको संघका अध्यक्ष निराजन उप्रेतीले बताए ।

दोलखाको भीमेश्वर नगरपालीका वडा नम्बर १ चिसापानीमा निमार्ण हुन लागेको बहिराहरुको लागि बहुलक्षीत भवन सहितको भीमेश्वर आवसिय बहिरा प्राविको काम अलपत्र पर्दा उनीहरुलाई समस्या भएको उप्रेती बताउछन् । भवन निमार्ण हुन सके बसेर पढ्न र बिभिन्न व्यवसाय समेत गर्न सजिलो हुने थियो, तर सरकारी एवं गैर सरकारी निकायबाट आवश्यक सहयोग नहुदा भवन निमार्णको काम अलपत्र परेको छ – अध्यक्ष उप्रेतीले भने ।
भवन निमार्णको लागि आर्थिक बर्ष ०६७÷०६८ मा जिल्ला विकास समितिले लक्षित बर्गको रकमबाट चार लाख ७५ हजार सहयोग गरेको र श्रमदान २५ हजार गरी जम्मा पाँच लाख रुपैयाबाट भवनको लागि पिलरहरु उठाईएको तर त्यसपछि कतैबाट पनि सहयोग नआएकोले निमार्ण काम अलपत्र परको संघले जनाएको छ । चार तलाको भवन निमार्ण गर्ने लक्ष्य रहेको भए पनि एक तला समेत बनाउन नसकिएको उप्रेतीको भनाई छ । सुरुमा जिल्ला विकास समिति, भीमेश्वर नगरपालीका र जिल्ला शिक्षा कार्यालय मिलेर बहुलक्षित आवसिय भवन निमार्ण गर्ने योजना बनेको भए पनि जिल्ला विकास समितिले सुरुमा पाँच लाख सहयोग गरेको र अन्य निकायबाट सहयोग प्राप्त नभएको अध्यक्ष उप्रेतीले बताए । जिल्ला विकास समितिले पनि आर्थिक बर्ष ०६७÷०६८ मा सहयोग गरे देखि यता सहयोग नगरेको संघले जनाएको छ । भाडाँको घरमा बसेर पढीरहेका १६ जना बहिराहरुको लागि खाने बस्ने व्यवस्था गर्न अहिले आफुले केहि सहयोग गरीरहेको र ब्यवसायी सरुना श्रेष्ठले केहि सहयोग गर्दै आउनु भएको अध्यक्ष उप्रेतीले बताए । उनीहरुको लागि खाने व्यवस्था गरेको र घर भाँडा समेत निक्कै बाँकी रहको उप्रेतीको भनाई छ उनीहरुलाई बहिर्रा शिक्षक बिष्णु कार्की र सुमन ठकुरीले पढाई रहेको र अन्यकुरामा सहयोग गर्न आया दिपा मगर रहेको तर उनीहरुलाई पनि आर्थिक समस्याको कारण खान बस्न बाहेक मासिक तलब दिन नसकिएको संघले जनाएको छ । आवसिय सुविधा नभएकोले नै कतिपय बहिरा विद्यार्थीहरुलाई उनीहरुको चाहना विपरित पनि अध्यनको लागि बागलुङ, पोखरा, काठमाडौँ, बाह्रबिसे लगाएतको ठाँउमा पठाउनु परेको उप्रेती बताउछन् ।  जिल्ला विकास समिति दोलखाका आलेप अधिकृत जगदिश अर्याल बहिराहरुको बहुउदेश्यी भवन निमार्णको लागि नै नभए पनि बहिरा संघको लागि यस बर्ष पनि  जिल्ला विकसा समितिले रकम छुट्टाएको बताउछन् ।
दोलखा जिल्लामा नै अर्को १० जना बहिरा विद्यार्थीहरुलाई भने मासिक पाँच हजार रुपैया दिएर सरकारले पढाई रहेको छ । कालिञ्चोक उच्च माविमा एक जना राहत शिक्षक राखेर ती बहिरा विद्यार्थीहरुलाई पढाईएको र उनीहरुलाई समेत मासिक पाँच हजार रुपैया प्रयाप्त नभएको दोलखा बहिरा संघका अध्यक्ष उप्रेती बताउछन् ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।