राजमार्गमा चियापसल राख्नेको गज्जबको जिन्दगी
१६ असार, काठमाडौं । रातिको ठ्याक्कै दुई बज्यो । वरपर सबैतिर चकमन्न छ । दिनभरी काम गरेर थाकेकाहरु मजाले निदाएका छन् । आसपासका वस्ती सुनसान भएपनि पृथ्वी राजमार्गको सडकमा रात्रीबसको चहलपहल झन् बढ्न थालेको छ । सडक मुन्तिरको उर्लंदो त्रिशुली नदी पनि उसैगरी सुसाउँदैछ ।रातिमा झन् बढी सुसाउने यही त्रिशुली नदी र राजमार्गको बीचमा छ, साबित्री सिलवालको घर । सडक छेउको घरमा कहिल्यै ढोका लाग्दैन । ‘दिउँसो एकछिन सुत्ने हो, नत्र एकछिन हात खाली हुँदैन’ साबित्रीले अनलाइनखबरसित भन्नुभयो-’११ बजेपछि नाइटबस चल्न थाल्छ, अनि चिया पकाएर खुवाउँदा खुवाउँदा फुर्सद हुँदैन ।’
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पोखरेखोलामा साबित्रीले चियापसल थालेको ४ वर्ष भयो । ‘पहिले यहीँ माथि पखेरामा घर थियो, आयआर्जन गर्ने अरु बाटो नभएपछि यो काम थालेको’ साबित्रीले भन्नुभयो-’पहिले त दुःख थियो, अहिले त आनन्द छ ।’सडकभन्दा अलि माथि थोरै जग्गा छ । साबित्रीले त्यहाँ भैंसी पाल्नुभएको छ । ‘दिउँसो भैंसीलाई घाँसपानी गर्ने, बिहान बेलुका दुध दुहुने’ उहाँले भन्नुभयो-’चिया पकाउनको लागि दूध किन्नुपर्दैन, आफ्नै भैंसीकोले पुग्छ ।’ यति कुरा गरिसक्दा साबित्रीले २० कप चिया बेचिसक्नुभयो । ‘के गर्नु यहीबेला कमाई राम्रो हुन्छ’ साबित्रीले भन्नुभयो ।
पहिले बिदेशमा काम गर्ने साबित्रीकी श्रीमान पनि अहिले यहीँ हुनुहुन्छ । ‘विदेशमा भन्दा यहीँ राम्रो कमाई हुने भएपछि उहाँ पनि अब बाहिर नजाने हुनुभएको छ’ साबित्रीले सन्तुष्टी जनाउँदै भन्नुभयो-’बुढाबुढी नै लागेपछि कमाई राम्रो हुन थालेको छ ।’दुई वर्षअघिसम्म साबित्रीको केही थिएन । अहिले उहाँले घरघडेरी जोडिसक्नुभएको छ । ‘यही पसलको कमाई हो’ साबित्रीले भन्नुभयो-’दिनमा चार/पाँच हजारसम्म कमाई हुन्छ, जाडोबेलामा त झन् यो भन्दा बढी हुन्छ ।’उहाँको पसलमा दिनमा २०/२५ वटा रात्री बस रोकिन्छन् । चालक र सहचालक चियाखाएर एकछिन त्यहीँ सुत्छन् । ‘उनीहरुले सुतेको पैसा लिने गरेका छैनौं, चियाखाजा खाएको चाहिँ लिन्छौं’ साबित्रीले भन्नुभयो-’राति ११ बजेदेखि छ्याङ्ग उज्यालो हुँदासम्मको काम चिया पकाउने र खुवाउने मात्र हो ।’
रातभर जागा भएपनि सुत्ने चाहिँ कुन बेला त ? ‘दिउँसो एकछिन सुत्ने, साँझ पर्न लागेपछि फेरि उठ्ने’ साबित्रीले भन्नुभयो-’एकछिन भैंसीलाई घाँसपात र दूधभकारो पनि गर्नुपर्यो, खासै धेरैबेर सुतिन्न ।’ दिउँसो एकछिन सुतेर रातभर चिया पकाउने कामले साबित्रीको सानो परिवार खुशी र सुखी छ । एउटी छोरी पनि बाआमासँगै रातभर जागै हुन्छिन् । ‘हामी नसुतेपछि उ पनि छिटै बिउँझिहाल्छे’ साबित्रीले भन्नुभयो-’हामीलाई जस्तै उसलाई पनि बानी परिसक्यो ।’
onlinekhabar.com/