Wednesday, June 19, 2013

प्रहरीले १३८ अधिकृतसहित ६ हजारको भर्ना खोल्यो

काठमाडौ, असार ५ - नेपाल प्रहरीले रिक्त दरबन्दी परिपूर्तिका लागि भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास तथा भर्ना तथा छनौट शाखाले आज भर्ना सूचना प्रकाशित गरेर जनशक्ति माग गरेको हो ।
प्रशासनतर्फ एकसय ३८ प्रहरी निरीक्षक  र ६ हजार एकसय प्रहरी जवान माग गरिएको छ । निरीक्षकमा खुलातर्फ ७६ र बाँकी समानुपातिक कोटा छन् । जवानका लागि खुलातर्फ तीनहजार तीनसय ५५ कोटा छन् । आदिवासी जनजाति, महिला, दलित, पिछडिएको क्षेत्रको लागि कोटा छुट्याइएको छ ।

ekantipur.com

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।