Thursday, June 27, 2013

दोलखाको मागापौवा गाविस वडा नम्बर ६ पहिरोको जोखिममा

  दोलखाको मागापौवा गाविस वडा नम्बर ६ लगातारको वर्षाले    बाढी पहिरोको उच्च जोखिममा  परेको  छ  ।

 असार १३
                लगातारको वर्षाले दोलखाको मागापौवा गाविस वडा नम्बर ६ बाढी पहिरोको उच्च जोखिममा परेपछि स्थानीयबासी चिन्तित बनेका छन् । वर्षात सुरु भएसगै परेको पानीेले गाविसको वडा नम्बर ६ मा रहेका करिव ३५ घरपरिवार उच्च जोखिममा परेको स्थानीयहरुको भनाइ छ  । बाढी पहिरोको उच्च जोखिममा परेपछि रामकृष्ण ढुङगेल, ज्ञान बहादुर श्रेष्ठ, कुवेर बहादुर नेपाल, पानमती तामाङ घर छाडेर यसअघि नै सुरक्षित ठाउमा सर्नुभएको छ  ।

आफुहरुको घर बाढी पहिरोले बगाउन लागेपछि जनधन बचाउन नसकेपनि आफ्नो ज्यान बचाउनका लागी आफुहरु घर छाडेर अहिले सुरक्षित ठाउमा गोठ बनाएर बसिरहेकोे स्थानीय रामकृष्ण  ढुङगेलले गुनासो गर्नुभयो । स्थानीय रामप्रसाद नेपाल, प्रेम बहादुर तामाङ, डिल्ली प्रसाद चौलागाइ, कृष्ण बहादुर तामाङ लगाएतका अन्य ३५ घर बाढी पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन । त्यस्तै उनीहरुले छिटो भन्दा छिटो आफूहरुलाई सहयोग गरिदिन सम्बन्धित निकायलाइ आग्रह गरेका छन् । यसअघि परेको लगातारको वर्षाले सोही ठाउको ३ वटा खानेपानीको ट्याङकी बगाएको छ ।
     बस्ती नै बाढी पहिरोले बगाउने अवस्थामा पुग्यो अव कहा गएर बस्ने, के खाने, र परिवार कहा लगेर राख्ने भन्ने बारे आफुहरुलाइ ठूलो चिन्ता परेको स्थानीय रामप्रसाद नेपालले दुखेसो गर्नुभयो  । यसका लागी सम्बन्धित निकायले केही सहयोग गर्छ की भन्ने आफुमा आश रहेको उहाले बताउनुभयो ।
  त्यस्तै स्थानीय प्रेम बहादुर तामाङ पाक्ने बेलाको मकै सहित अन्य  लगाएको सवै बालीनाली पहिरोले बगाएपछि आफुहरु झनै समस्यामा परेको बताउनुहुन्छ  ।
copied  from  kalinchowkfm's Home  page 

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।