चिरञ्जीवी मास्के
०७० जेष्ठ २०
चरिकोट÷ वाईसिएल कार्यकर्ताले आफ्नो नेतालाई प्रहरी भ्यान भित्रै कुटपिट गरेको विरोधमा नेपाल तरुणदल दोलखाले जिल्ला बन्दको आव्हान गरेको छ । बन्दको कारण यातायात सञ्चालन हुन सकेका छैनन् भने सदरमुकाम चरिकोटका सम्पूर्ण पसलहरु समेत बन्द भएका छन् ।
सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा बन्दकर्ता नेपाल तरुण दल लगाएत कांग्रेसका भातृ सङ्गठनका कार्यकर्ताहरु भेला भएर बसेका छन् भने जनपथ र शसस्त्र प्रहरी समेत ब्यापक रुपमा परिचालन गरिएको छ ।
तरुण दल दोलखाका नेता सानु शेर्पालाई कुटपिट गर्ने एकिकृत माओवादी नेता विशाल खड्का, वाईसिएल दोलखाका अध्यक्ष नविन जिरेल लगाएत वाईसिएल कार्यकर्ताहरुलाई पक्राउ गरी कार्वाहि नगरेसम्म जिल्ला बन्द कायम रहने तरुण दल दोलखाका अध्यक्ष जयराम श्रेष्ठले बताए । बन्दको कारणा सदरमुकामका शैक्षिक संस्थाहरु समेत सञ्चालन हुन सकेका छैनन् । कवाडी सामानको कर उठाउने विषयमा हिजो भएको विवादमा तरुण दल दोलखाका नेता सानु शेर्पा माथि वाईसिएल कार्यकर्ताले हातपात गरेको भन्दै नेपाली कांग्रेसका भातृ सङ्गठनहरुले दोलखा जिल्ला बन्द गराएका हुन् ।
रामेछापको नामाडिबाट द्वन्द्वकालमा क्षतिभएको डोजरको कवाडि सामानलाई वाईसिएल कार्यकर्ताले चरिकोटमा रोकेर पैसा मागेपछि सानु शेर्पा लगाएतका युवाहरुको वाईसिएल कार्यकर्तासंग विवाद भएको थियो । विवादको क्रममा सानु शेर्पाले वाईसिएल दोलखाका अध्यक्ष नविन जिरेललाई हातपात गरेको आरोप वाईसिएल पक्षले लगाएको छ । विवाद पछि शेर्पालाई प्रहरीले भ्यानमा राखेर ल्याउदै गर्दा एकिकृत माओवादीको पार्टी कार्यालय अगाडि वाईसिएल कार्यकर्ताहरुले भ्यान रोकेर शेर्पालाई हातपात गरेका थिए । वाईसिएल कार्यकर्ताको कुटपिटबाट शेर्पाको घिच्रोमा चोट लागेको छ । शेर्पा माथि कुटपिट भएपछि आक्रोशित कांग्रेस कार्यकर्ताहरुले एकिकृत माओवादीको कार्यालयमा तोडफोड गर्दै पार्टीको बोड निकाल्न लगाएका थिए । उनीहरुले वाईसिएलको झण्डा समेत जलाई दिएका थिए । शेर्पा माथि कुटपिट गर्न एकिकृत माओवादी दोलखाका नेता विशाल खड्काले नेतृत्व गरेकोले खड्का लगाएत कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्वाहि गर्नु पर्ने माग नेपाल दरुण दल दोलखाको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जिल्लामा शान्ति सुरक्षा कायम गरी बन्द खुलाउन वार्ताको पहल भै रहको बताउनु भयो ।
आईतवार वाईसिएल दोलखा र एकिकृत माओवादी दोलखाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी तरुणदलका कार्यकर्ताले अवैध रुपमा डोजरको कवाडि सामान ल्याएको र सो बारे स्थानिय प्रशासनलाई जानकारी गराएको भन्दै शेर्पाले वाईसिएल अध्यक्ष नविन जिरेल माथि हातपात गरेको जनाएको छ । विज्ञप्तिमा सहमतिको आधारमा विवाद समाधान गर्नुपर्ने उल्लेख गरिएको छ । आईतवार नै नेपाली कांग्रेस दोलखा, तरुण दल र नेपाल विद्यार्थी संघले विज्ञप्ति प्रकाशीत गरी घट्नाका संलग्नलाई पक्राउ नगरे अनिश्चितकालिन दोलखा बन्दको आव्हान गर्ने उल्लेख गरेकोे छ ।

No comments:
Post a Comment