Sunday, June 2, 2013

इजरायलको मृत सागर क्षेत्रमा सर्वाच्च शिखर सगरमाथाको स्मारक स्थापना

नेपालको सगरमाथा क्षेत्रमा इजरायलको मृतसागरको स्मारक निर्माण गरिनु र इजरायलको मृत सागर क्षेत्रमा सर्वाच्च शिखर सगरमाथाको स्मारक स्थापना गरिनुले नेपाल र इजरायलको दौंत्य सम्बन्ध अझ प्रगाढ हुने कुरामा विश्वाश गर्न सकिन्छ, इजरायली सर्वसाधारण नागरिकहरु जो नेपाललाई चिन्दैनन र सगरमाथा नेपालमा छ भन्ने कुरा थाहा पाएका हुदैनन तिनीहरुले पनि गौतम बुद्ध र सगरमाथा नेपालको हो भनेर चिन्ने छन् ,इजरायलको मृत सागर( dead sea)मा आउने विभिन्न देशका हजारौं पर्यटकले सगरमाथाको माध्यमले नेपाललाई चिन्ने छन् र उनीहरुलाई नेपाल घुम्ने र हेर्ने इच्छा जाग्ने छ यसले नेपालको पर्यटन बिकासमा थप टेवा पुग्ने कुरामा आशावादी हुन सकिन्छ त्यस्तै इजरायल सानो भए पनि बिकसित राष्ट्र भएको नाताले इजरायल संगको नेपालको बलियो सम्बन्धले नेपालको कृषि क्षेत्र लगायत,रोजगारी तथा अन्य क्षेत्र हरुमा नेपाललाई इजरायलको सहयोगमा विस्तार हुन सक्दछ समग्रमा भन्नु पर्दा हरेक कुराले पछि परेको नेपालको लागि यो कार्य ऐतिहाँसिक गौरव र खुसीको कुरा हो video



No comments:

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।