सन्तोषी कार्की, चरिकोट, दोलखा, जेठ १९ गते । अवैध कवाडि सामानको बिषयलाई लिएर दोलखा सदरमुकाम चरिकोटमा वाईसियल र तरुण दलका कार्यकर्ताबीच झडप भएको छ ।
झडपको क्रममा दुवै तर्फका केहि कार्यकर्ता घाईते भएका छन् भने केहि मोटसाईकल लगायतका सवारीका साधानहरुमा समेत तोडफोड गरिएको छ । तरुण दलका कार्यकर्ताहरुले रामेछापको नामाडीवाट द्धन्द्धका क्रममा माओवादीले जलाएको डोजरको कवाडी सामानलाई अवैध ढंगले निकासि गर्ने क्रममा वाईसिएलले सदरमुकाम चरिकोटमा रोकेपछि विवाद भएको थियो । विवादको क्रममा तरुण दस्ताका जिल्ला अध्यक्ष सानु शेर्पाले वाईसिएलका जिल्ला संयोजक नविन जिरेल माथि हातपात गरेपछि झडपको सुरुवात भएको हो ।
त्यस लगत्तै प्रहरीको भ्यान चढेर बसपार्कवाट फर्किदै गरेका शेर्पालाई वाईसिएल कार्यकर्ताहरुले भ्यान रोकेर आक्रमण गरेका थिए । त्यस क्रममा शेर्पाले आफ्नो गल्ति स्विकार गरी माफि माग्ने क्रममा तरुण दलका थप कार्यकर्ताहरु आए पछि दोहोरो झडप भएको थियो । त्यस पछि भएको दोहोरो झडपमा वाईसिएल र तरुण दलका केहि कार्यकर्ताहरु घाईते भएका छन् । वाईसिएल र तरुण दलका कार्यकर्ता वीच करिव डेढ घण्टा ढुँगा हानाहान, रड प्रहार र झडप भएको थियो ।
स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले तिन राउण्ड भन्दा बढि अश्रु ग्याँस प्रहार गरेको छ । अहिले चरिकोटको बसपार्क र सातदोवाटो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । वाईसिएलको शनिबार भेला भएर नयाँ नेतृत्व आएकै भोलिपल्ट झडप भएको हो । झडप पछि बसपार्क क्षेत्रका वजार व्यापारीहरुले त्रासका कारण बन्द गरेका छन् । झडपका क्रममा बसपार्क क्षेत्रका केहि घरहरुमा तरुण दलका कार्यकर्ताले वाईसियल लुकेर बसेको भन्दै ढुङ्गा मुडा समेत गरेका थिए । अप्रिय घट्ना हुन नदिन सदरमुकाम चरिकोटमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरीले दुवै तर्फका युवाहरुलाई तितर बित्तर बनाएपछि स्थिती सामन्य बनेको छ । बजार भने त्रासका कारण व्यापारीहरुले बन्द गरेका छन् .gorkhapatraonline.com

No comments:
Post a Comment