Sunday, June 9, 2013

विदेशमा जादा लागेको ऋण समेत तिरी नसक्दै मृत्युको शिकार बन्नु परेपछि ! video

लाखौं रुपैया तिरेर खाडी मुलुकमा बाध्यतावश काम गर्न पुगेका नेपालीहरुको संख्या वृहत छ । यहाँ राजनैतिक स्थिरता वलियो भएको मानिए पनि लगातार फष्टाउँदो हृदयघातले भने आम विदेशिकरुपमा रोजगारी गर्ने नेपालीहरुलाई प्रत्यक्ष असर गरेको छ । वेलुकी खाना खाइ, हाँसखेल खेल्दै सुतेको मानिस विहान पत्तै नपाइ संसार छोडेको कुरा सुन्दा अचम्म लाग्ने गर्दछ नै । त्यसमाथि पनि भर्खरको लक्काजवान माथि यस्तो घडी आउँनु पत्याउँनु गाह्रो पर्ने हुन्छ तर साउदी अरेवियामा वारम्बार यस्ता घटना दोहोरिने तेहरिने गर्दछ । पर्बतको बजुंग गाविस ९ घर भई बैदेशिक रोजगारीका लागि साउदी अरेविया पुगेका २६ बर्षय बिकास विश्होकर्माको वैशाक १० गतेको विहानी देख्न पाएनन । मृत्यु भएको महीनै हुदा पनी उनको शब् नेपाल नआए पछी उनको परीवार माथी पीडा माथी पीडा थपीएको छ । साउदी अरेवियामा महिनामा २/३ जनासम्म नेपालीको मृत्यु हृदयघातबाट हुने गर्दछ । यसरी साउदीमा नेपालीहरुको मृत्यु हुनुमा त्यहाँको तापक्रम, गरिबी, घरको समस्या र समयमा पारिश्रमिक समेत नपाउनु रहेको बताइएको छ।


canadanepal.net

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।