Wednesday, July 17, 2013

दोलखामा यसै वर्ष सुरु हुने भयो दर्जन आयोजना

दोलखा, २ साउन । चालु आर्थिक वर्षमा दोलखाका विभिन्न खोलामा आधा दर्जन जलविद्युत आयोजना निर्माण सुरु हुने भएका छन् । सरकारी र निजी क्षेत्रले निर्माण गर्नका लागि तयारी गरेका छन् । आर्थिक वर्ष २०७०-०७१ को बजेट बक्तव्यमा आफ्नै स्रोतबाट निर्माण सुरु गर्ने गरी ८७ मेगावाटको तामाकोसी ५ लाई प्राथमिकतामा राखेको छ । आयोजनाको विस्तृत अध्ययन पूरा गरी चालु आर्थिक वर्ष भित्र निर्माण सुरु गर्ने सरकारी योजना छ । एक मन्त्रालय एक आयोजना अन्र्तगत ऊर्जा मन्त्रालयले तामाकोसी ५ लाई रोजेको हो ।
तामाकोसी ५ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेटमा पर्ने आयोजना हो । माथिल्लो तामाकोसीमा प्रयोग भएको पानीलाई टेलरेसबाट नदीमा जान बन्द गरेर ६ किलोमिटर सुरुङ मार्फत सुरी दोभाननजिक ल्याएर पावर हाउस निर्माण गरी विद्युत उत्पादन गर्ने योजना छ । आर्थिक रुपमा आकर्षक र छिटो हुने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको हो ।

यो आयोजना माथिल्लो तामाकोसी जस्तै पिकिङ रन अफ दी रिभर प्रकृतिको हुने छ । यसबाट ५ महिना पूर्ण क्षमता र अतिसुख्खा मौसममा पनि दैनिक ६ देखि ८ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले जानकारी दिए ।
प्राधिकरणको आफ्नै स्रोतमा दुई वर्ष अघि नै प्रारम्भिक अध्ययन पूरा भएको छ । उही पानीले माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट विद्युत उत्पादन भए तापनि हेड कम भएकाले तामाकोसी ५ बाट ८७ मेगावाट मात्र विद्युत उत्पादन हुने अधिकारीहरु बताउँछन् । उक्त आयोजना निर्माणका लागि १४ अर्ब लाग्ने र आगामी ५ वर्षमा पूरा गर्ने सरकारी लक्ष्य छ ।

स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसीको आधा काम पूरा भएको छ । सो आयोजना अबको दुई वर्षमा पूरा गर्ने लक्ष्य छ । निजी क्षेत्रबाट समेत यसै वर्षभित्र करिब एक दर्जन आयोजना निर्माण सुरु गर्ने तयारीमा छन् । मार्बू गाविसमा पर्ने २५ मेगावाटको खानी खोला–१, सोही गाविसमा ३० मेगावाटको खानी खोला र ११ मेगावाटको तल्लो खारे खोलाको विद्युत विकास विभागबाट निर्माण इजाजत जारी भएको छ भने विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता समेत भइसकेको छ । खानी खोला १ का निर्देशक भुषण थापाले आयोजनाको परीक्षण सुरुङ निर्माण भइरहेकाले आयोजनाको मुख्य काम हिउँददेखि सुरु हुने बताए ।copied from.... दिलबहादुर केसी................

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।