Thursday, July 25, 2013

माथिल्लो तामाकोसीको लागत र समय अस्वभाविक रुपमा बढ्ने भएपछि स्थानीयवासीद्धारा विरोध सुरु ।।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अस्वभाविक रुपमा लागत र समय बढाउने खेल गरेको भन्दै स्थानीयवासीहरु त्यसको बिरोधमा उत्रिएका छन् ।  विरोधमा उत्रिएका सिंगटीमा वासीहरुले हिजो आयोजनाका कर्मचारी र गाडि नियन्त्रणमा लिएर छाडेका छन् । बुधबार दिउँसो सिंगटीमा स्थानीयहरुले १२ कर्मचारीलाई दुई घण्टा नियन्त्रणमा लिएर छाडेका थिए ।


विरोधमा उत्रिएका स्थनीयवासीहरुले अख्तियारले छानविनको दायरामा लिएका आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठ र इन्जिनीयर विमल गुरुङलाई आयोजना स्थलको प्रवेशमा रोक लगाएका छन् । सस्तो आयोजनालाई विभिन्न बहानामा समय र लागत बढाउने खेल खेल्ने आयोजना र परामर्शदाताका माथिल्ला कर्मचारीलाई आयोजनास्थल प्रवेशमा समेत रोक लगाउने स्थानीयले बताएका छन् ।
दोलखा उत्तरी क्षेत्र नागरिक समाजले बुधबार एक विज्ञप्ती प्रकाशित गरी आयोजनाको लागत बढ्ने खबरले आफुलाई पिडा बढाएको उल्लेख गरेका छन् । केही समय अघि आयोजनाको भ्रमणमा आउनु भएका उर्जा मन्त्री उमाकान्त झा समक्ष स्थानीयले राखेका माग पुरा नभएको भन्दै उनीहरु आक्रोसित समेत भएका छन् ।

आयोजनाको आधा काम पूरा भएपछि मुख्य सुरुङको पेनस्टक साफ्ट नजिकै भौगार्भिक समस्या देखिएको भन्दै परामर्शदाताले डिजाइन परिवर्तन गर्न लागेको छ ।  डिजाइन परिवर्तन गर्दा एक वर्ष समय र थप एक अर्ब लागत समेत बढ्ने छ । आयोजनाको अनुगमण सुरपरीवेक्षणका लागि परामर्शदाताको रुपमा नर्वेजिन र जर्मन कम्पनी नरकन्सल्ट ए.एस.– लाहमेर जेभीले काम गरिरहेको छ ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अनुसार अहिले मुख्य सुरुङ ८ प्रतिशत स्लोपमा निर्माण भई रहेको छ । परिवर्तित डिजाइन अनुसार मुख्य सुरुङको पेनस्टक साफ्टदेखि भैंसेसम्मको ३ हजार ५  मिटर बाँकी निर्माणको सुरुङ ०.३ प्रतिशत स्लोपमा निर्माण हुने छ । सुरुङको स्लोप घटाउँदा २ सय ६० मिटर ठाडो पेनस्टक साफ्ट थप निर्माण हुनेछ ।साभार www.kalinchowkfm.org

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।