Monday, July 22, 2013

दोलखामा पहिरोले घर पुरिदाँ एकै परिवारका ५ जना वेपत्ता

सन्तोषी कार्की, दोलखा, साउन ७ गते । दोलखाको मार्वु गाविस वडा नम्वर १ स्थित नाजिङटारमा अविरल वर्षा सँगै आएको पहिरोले घर पुरिदाँ एकै परिवारका ५ जना वेपत्ता भएका छन् भने ७ घर परिवार बिस्थापित भएका छन् ।

आज बिहान साँढे ३ बजे वर्षा सँगै आएको पहिरोले पुर्ण रुपमा घर पुरिदाँ मार्वु गाविस वडा नम्वर १ नाजिङटारका ७० वर्षका पाले थामीको ५ जनाको परिवार वेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा पाले थामी सहित उनकी श्रीमती शिव लक्ष्मि, ४५ वर्षकी छोरी जमुना थामी, १५ वर्षका नाति विनोद थामी र १२ वर्षकी नातिनी सञ्जु थामी रहेका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये जमुना र सञ्जु आमाछोरी हुन् ।
चिलँखा विवहा भएकी जमुना बाबुआमा पालेर माईति घरमै बस्दै आएकी थिईन् । पहिरोले घरमा सुतिरहेका पाँचै जना बेपत्ता बनाए पनि अध्ययनको क्रममा घर बाहिर रहेका कारण जमुनाकी अर्की छोरी निर्मली थामी भने बाँच्न सफल भएकी छिन् । उनको करिव दुई घण्टा पछि होश खुलेको छ ।
स्थानीयका अनुसार पहिरोका कारण सोहि स्थानका सक्तवहादुर थामी, सचिन थामी, चरित्र मगर, मँगले मगर, पूर्णवहादुर मगर, युवक गुरुङ र पहलवहादुर मगरको गरी ७ वटा घर जोखिममा परे पछि उनीहरुको ३७ जना परिवार बिस्थापित भएका छन् । तर, स्थानीय प्रशासनले भने चार घर परिवार मात्रै बिस्थापित भएको जनाएको छ । सदरमुकामवाट सेना र प्रहरीको टोली घटनास्थल पुगेर जोखिममा परेकाहरुको उद्धार कार्य सुरु गरेको दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । तर, पहिरो बग्ने क्रम जारी रहेका कारण उद्धार कार्यमा कठिनाई भएको छ । उद्धारका लागि बर्दवहादुर गण चरिकोटवाट सेनानी नरेश पालको नेतृत्वमा ३५ जना सेना र प्रहरी निरिक्षकको नेतृत्वमा १३ सहित ४८ जना सुरक्षाकर्मी खटिएका छन् ।
सन्तोषी कार्की÷चरिकोट समाचारदाता÷गोरखापत्र

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।