Monday, July 1, 2013

UAE मा नुहाउन गएकी नेपालि चेलिलाई समुन्द्रले बगायो; मृत फेला

यूएई, १७ असार। संयुक्त अरब इमिरेट्स (यूएई) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन्। नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको भन्दै टिकाराम नेतीले राजधानीका लागि यूइईबाट समाचार सम्प्रेषण गर्नुभएको छ।

बिहीबार साथीहरूसँग दुबईको जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पौडी खेल्न ब्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ । ‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइन्, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।
सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् । यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।